रुपन्देही खबर , १२६ पटक हेरिएको

ओमसतिया,साउन १९
रूपन्देहीको ओमसतिया गाउँपालिका–६ जमुहानीदेखि देवदह नगरपालिका जोड्ने मुख्य सडक जीर्ण अवस्थामा पुगेको छ । वर्षौंदेखि मर्मत नहुँदा सडकको सतह भत्किएर खाल्डाखुल्डी बनेको छ ।
यस सडक हुँदै दैनिक सयौं सर्वसाधारणको आवतजावत हुने गरेको भए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । सडकमा हिलो, धुलो र खाल्डाखुल्डीका कारण यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
स्थानीय बासिन्दाहरूका अनुसार वर्षातमा सडक हिलोले पुरिने र हिउँदमा धुलोले भरिने भएकाले वर्षैभरि सास्ती खेप्नुपरेको छ । यस्तो अवस्था रहँदा दुर्घटनाको जोखिम समेत बढेको भन्दै उनीहरूले चासो व्यक्त गरेका छन् । सडक सुधारको माग गर्दै स्थानीयले सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । यथाशीघ्र सडक मर्मत नहुँदा अझ गम्भीर समस्या आउने उनीहरूको भनाइ छ ।
प्रकाशित मिति: २०२५-०८-०४ , समय : १९:३५:२० , २ दिन अगाडि