रुपन्देही खबर , १०३ पटक हेरिएको

काठमाण्डाै,
भक्तपुरमा गाईजात्रा मनाउने क्रममा कुटपिटमा संलग्न तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार बस्ने २२ वर्षीय महेश तामाङ तथा भक्तपुर नगरपालिका–५ भेलुखेल बस्ने ३४ वर्षीय अमन देउला र ३४ वर्षकै राज कपाली रहेका छन् ।
आइतवार राति भक्तपुरको टौमडीमा गाईजात्रा मनाउने क्रममा झैझगडा भइरहेको भिडियो सामाजिक सञ्जालमा आएपछि उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताउनुभयो ।
प्रकाशित मिति: २०२५-०८-१२ , समय : १७:४४:०६ , २३ घन्टा अगाडि