रुपन्देही खबर , १०३ पटक हेरिएको

भैरहवा, साउन २८
श्रीकृष्ण जन्माष्टमीको शुभ अवसरमा यदुवंशी युवा समाज भैरहवा रूपन्देहीले कोटहीमाई गाउँपालिका–६ मर्चवारीमाई मन्दिर (धर्मशाला)मा वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । “रक्तदान जीवनदान, रक्तदान महादान“ भन्ने मूल नारासहित सञ्चालन हुने उक्त कार्यक्रम यही शनिबार बिहान ८ बजे सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा इकाई बुटवलले गर्नेछ ।
यदुवंशी युवा समाज मर्चवारी गाउँपालिका समितिका संयोजकत्वमा हुने यस कार्यक्रम मार्फत स्थानीय युवादेखि सर्वसाधारणसम्मलाई रक्तदानमा सहभागी गराइ मानवताको पक्षमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य राखिएको आयोजकले जानकारी दिएका छन्। आयोजकले स्वस्थ्य र योग्य सबैलाई कार्यक्रममा सहभागी भई रक्तदान गरेर अरुको जीवन बचाउन अपील गरेका छन्।
प्रकाशित मिति: २०२५-०८-१३ , समय : २२:१५:०९ , १० घन्टा अगाडि