मेउडीहवामा सामुदायिक धर्मशालाको उद्घाटन र भण्डारा आयोजना हुँदै

रुपन्देही खबर , १०३  पटक हेरिएको

भैरहवा, साउन २८

रुपन्देहीको सिद्धार्थनगर –२ मेउडीहवामा स्थानीय वडावासी र सामुदायिक धर्मशाला सरक्षण समितिको पहलमा निर्माण गरिएको सामुदायिक धर्मशालाको उद्घाटन हुने भएको छ । उद्घाटन समारोह यहि साउन ३१ गते, शनिवार बिहान ८ बजे हुने आयोजकले जानकारी दिएको छ। उद्घाटन समारोहमा स्थानीय अगुवा, धार्मिक व्यक्तित्व, सामाजिक अभियन्ता र जनप्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

उद्घाटनको अवसरमा भदौ १ गते आइतबार साँझ ४ बजे विशाल भण्डारा कार्यक्रम आयोजना गरिने जनाइएको छ। आयोजक समितिले सबैलाई कार्यक्रममा उपस्थित भई प्रसाद ग्रहण गर्न हार्दिक निमन्त्रणा समेत गरेको छ।

सामुदायिक धर्मशाला सरक्षण समिति मेउडीहवा र सम्पूर्ण वडा वासीहरूले यो परियोजना सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक र धार्मिक कार्यहरूमा सक्रिय सहभागिताको अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०२५-०८-१३ , समय : २३:१०:५४ , ९ घन्टा अगाडि