आत्मनिर्भर बन्दै गृहणी महिला

उर्मिला यादव यात्री , ८१  पटक हेरिएको

नवलपरासी, भदौ १

महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बनेकी छिन, सुनवल नगरपालिका–९ की पुनम कुवर । चार वर्ष पहिले सुनवल नगरपालिका वडा नम्बर ९ ले आयोजना गरेको बेसिक सिलाईकटाई तालिम लिएपछि अहिले भने उनको दैनिकी फेरिएको छ । ३५ बर्षिय पुनम सिलाई कटाई पसलबाट घरमै बसेर मासिक रु २५ हजार भन्दा बढी आम्दानी गर्दै आएकी छिन । सामान्य परिवारकी पुनम कक्षा ७ सम्म मात्र अध्ययन गरेकी छिन । उनको एक १७ बर्षको छोरी समेत छिन ।

२३ बर्षको उमेरमा नै पति गुमाएकी पुनमलाई वडाले सिलाईकटाईको तालिम त दियो तर मेसिन खरिद गर्न उनलाई हम्मेहम्मे प¥यो । उनी सिलाईकटाई पसल खोल्नका लागी २५ हजार रुपैया ऋण समेत काढ्नि भने ५० हजार रुपैया लगानी गरी आफनै पसल समेत खोलिन । आर्थिक अवस्था कमजोर हुँदा आफूले केही गरेर आत्मनिर्भर बन्नुपर्छ भन्ने सोंच उनले सानैदेखि राखेकी थिइन् । पसल खोले संगै पुनमको आर्थिक अवस्था समेत सुधार हुदै गएको उनको भनाइ छ । उनी तीन बर्ष पहिला पुनः सुनवल नगरपालिकाले आयोजना गरेको ४० दिने एडभान्स सिलाईकटाई तालिममा सहभागी हुने अवसर पाइन । जसले गर्दा उनको सिलाई क्षमतामा थप सिढीं थपिएको उनले बताइन

बिगत १८ बर्ष देखि भाडामा बस्दै आएकी पुनम घरभाडा, कक्षा १२ मा अध्ययनरत छोरीको पढाई खर्च आफ्नै कमाइले पु¥याउँछिन् । ‘मैले टेलरिङ पेशाबाट मासिक २५ देखि ३० हजारसम्म आम्दानी गर्दै आएकी छु, श्रीमान गुमाए पछि अलपत्र अवस्थामा थिए । केही सिप थिएन घर खर्च धान्न समेत धौ धौ थियो अहिले वडा र नगरबाट पाएको तालिमले मेरो आर्थिक अवस्था दिनप्रतिदिन राम्रो हुदै गएको छ उनले भनिन । व्यवसाय सुरु गरे संगै सुरु सुरुमा गाउँघरका नजिकका दिदीबहिनीहरुको कपडा सिलाउन थालिन् । भने अहिले टाढा टाढाबाट पनि कपडा सिलाउन मान्छेहरु आउने गर्दछन । उनी लेडिज जेन्स दुबै कपडा सिलाउन जानेकाले अहिले उनको व्यवसाय निकै फस्टाउँदै गएको छ । ‘व्यवसाय सञ्चालन गरेरै परिवारको आवश्यकता पुरा गर्न सक्षम भएकी छु, ’उनले भनिन् । उनलाई बुटिक सिक्न एकदमै मन भएको बताइन । वडा र नगरपालिकाले अवसर दिएपछि उनको दैनिकी भने फेरिएको छ ।

यस्तै रामग्राम ५ की गौरी बिरकटटा मगरको जिवन पनि अहिले फेरिएको छ । रामग्राम नगरपालिका वडा नम्बर ८ बाट साढे २ बर्ष पहिला ब्युटीपार्लर तालिम लिएपछि मगरले सिकेको कुरा व्यवहारमै उतारेकी हुन ।

घरभान्सामा सिमित रहने उनी आजभोलीे पार्लर सम्बन्धी तालिम सिकाउन र आफनै पार्लरमा ब्यस्त छिन । आफनो खुट्टामा आफैं उभिने सोच भएपनि कुनै अवसर नपाउँदा उनलाई घरमै थन्किएर बस्नु पर्ने बाध्यता थियो । रामग्राम नगरपालिका वडा न ८ मा सञ्चालित १० दिने बेसिक ब्युटीपार्लरको तालिममा सहभागी भएपछि उनको दिनचर्या परिवर्तन भएको हो । २५ बर्षिय गौरी बि.स. २०७९ सालको माघमा आफनै लगानीमा परासीको घण्टाघर चोकमा लेडी ब्युटी जोन नामक ब्युटीपार्लर नै संचालन गरिन । बेसिक तालिम वडा बाट लिए पनि एडभान्स र डिप्लोमा भने उनी आफनै लगानीमा सिकेको बताइन ।

सुरु सुरुमा पार्लर सिकेकी उनलाई पार्लर खोल्न परिवारले कुनै साथ र सहयोग गरेनन । माइती पक्षबाट आफनै आमाको सहयोग र एक लाख ऋण निकाली तीन लाख रुपैया लगानी गरी उनी ब्युटी पार्लर खोलेको बताउछिन । एक लाख रुपैया ऋण र माइतीको सहयोगमा ब्युटी पार्लर संचालन गरेकी उनी आफनो ऋण समेत तिरिसकेको बताइन , उनी अहिले मासिक २० देखी २५ हजार भन्दा बढी नै कमाउने गर्छिन ।

गौरी कक्षा ८ सम्म मात्र अध्ययन गरेकी छन तर उनी आफनो पार्लर मात्र हेर्दिनन नगर र वडाले संचालन गरेका ब्युटीपार्लर सम्बन्धी तालिम समेत सिकाउदै आएकी छन । परिवारको साथ र सहयोग नपाएकी गौरी माइतीकै शरणमा रही सक्षम महिला बन्न पुगेकी छन ।


यस्तै सरावल गाउपालिका वडा नम्बर १ की पार्वती चौधरीको जिवन पनि अहिले फेरिएको छ । सरावल गाउपालिका वडा नम्बर १ बाट २०७७ सालमा १५ दिने दुनाटपरी बनाउने तालिम लिएपछि चौधरीले सिकेको कुरा व्यवहारमै उतारेकी छन । तालिम लिएका महिलाहरुलाई गाउपालिकाले समूहमा आवद्ध गराएपछि धेरैको दिनचर्या फेरिएको पनि छ । तालिममा सिकेको कुरालाई ब्यवसायिक रुपमा अगाडि बढाउन ८ जना महिलाहरु मिलेर समूह बनाइएको थियो । बि.स.२०७७ सालमा श्री हंसनी भवानी महिला लघु उद्यमी समुहको दर्ता गरिएको थियो । चौधरीका अनुसार, प्रत्येक ब्यक्ति एक हजार रुपैयाको दरले लगानी गरेपछि दुनाटपरीबाट थाल, कचौरा , दुना लगायतका सामानहरु बनाउँदै व्यवसाय शुरु गरिएको हो । अहिले समुहमा १३ जना महिलाहरु छन ।

गाउपालिकाको आ.ब. २०८१ सालमा सम्पन्न मेला÷ महोत्सवबाट २० हजार भन्दा बढी आम्दानी गर्न सफल भएको चौधरीले बताइन । तालिम लिनु भन्दा पहिला काम नपाएर घरमै बसिन्थ्यो । मोवाइल हेरेर समय बिताइन्थ्यो । तर अहिले त्यस्तो छैन, सीपको पुरापुरी सदुपयोग गरिरहेकी छु । –आफनो कामप्रति गौरवान्तित हुँदै उनले सुनाईन । उनी महिनाको ५ देखि ६ हजार सम्म कमाउदै आएको बताइन ।
चौधरीका अनुसार,समुहमा भएका महिलाहरु दुनाटपरी बनाउँदै आएका छन् भने भुमही, बर्दघाट, परासी लगायतका पसलहरुमा बिक्री हुदै आएको छ ।
गाउपालिकाले अनुदानमा २ वटा मेसिन समेत प्रदान गरेको छ । जसमा समुहबाट सबैले २५ प्रतिशत लगानी गरेका छन । बिहान ११ बजेदेखि दिउसो तीन बजे सम्म समुहमा भएका महिलाहरु दुनाटपरी बनाउदै आएका छन तर भने जस्तो व्यापार भने हुन सकेको छैन । कहिले काही हुने मेला महोत्सव लगायतका ठाउमा बढी बिक्री हुने गरेको चौधरीको भनाइ छ । उनले बिहे ब्रतबन्ध लगायतका सिजनमा दुनाटपरीको बढी माग हुने गरेको बताइन ।

यस्तै बर्दघाट नगरपालिका वडा नम्बर ३ लगुनहामा मेसिन खटखट पार्दै कपडा सिलाइरहेकी हुन्छिन ३४ वर्षीय बालकुमारी चौधरी । उनको दैनिकी नै कपडा सिलाउने हो । बर्दघाट नगरपालिका वडा नम्बर ३ ले २०८१ जेठ २८ गतेदेखि सुरु गरेको तीन महिने सिलाइकटाई तालिममा सहभागी भए देखि उनी पनि कपडा सिलाउनमै ब्यस्त छिन । उनलाई वडाले तीन महिने तालिम मात्र दिएन सिलाई मेसिन समेत दिएकोले धेरै सहज भएको बताइन । अहिले उनी सुट, सुरुवाल, ब्लाउज, पेटीकोट लगायतका कपडाहरु सिलाउन जानिसकेको बताउछिन । अहिले उनी आफनै लगानीमा एडभान्स तालिम समेत लिइरहेको छिन ।

१२ कक्षा सम्म अध्ययन गरेकी चौधरी पहिला अरुले सिलाएको कपडा लगाउथिन भने अहिले आफनो कपडा आफै सिलाएर लगाउने गर्छिन । उनी घरपरिवार सबैको कपडा आफैले सिलाउने गरेको समेत बताइन नगरपालिकाबाट नै झोला बनाउने तालिम लिएकी चौधरी झोला बनाएर मनग्य आम्दानी गर्थिन तर अहिले उनलाई सिलाईको काम नै एकदम राम्रो भएको बताइन । उनले सिलाइको काम अझै सिक्दै गरेकोले धेरै आम्दानी गर्न नसके पनि आफु आत्मनिर्भर बनेको बताइन । ‘अचेल श्रीमान्सँग पैसा माग्नु पर्दैन’ उनले भनिन् ।
चौधरीलाई अझै बिभिन्न डिजाइनका कपडाहरु सिलाउन मन छ । उनी यो पेशालाई निरन्तरता दिन चाहेकोले भबिष्यमा आफनै पसल खोलेर सिलाई गर्ने योजना बनाइसकेको सुनाइन ।

यस्तै सुस्ता गाउपालिका वडा नम्बर ५ महलबारीकी बसन्ती आले मगर राइलाई पनि भ्याई नभ्याई छ तर उनको ब्यस्तता भने केही फरक छ । २७ बर्षिया मगर दशै तिहारको लागी सेण्डिल र चप्पल बनाउनमै ब्यस्त छिन । मगर एउटा छोरीको आमा मात्र नभई एक बुहारी पनि हुन । संयुक्त परिवारमा बस्दै आएको उनी बिहानै उठेर भान्साको काम सकी छोरीलाई विद्यालय पठाएपछि मात्र घरको कामबाट फुर्सद पाउँछिन ।

आ.ब. २०८१ म सुस्ता गाउपालिका वडा नम्बर ५ ले आयोजना गरेको सेन्डिल बनाउने तालिम लिएको बसन्तीले २०८२ को बैशाखमा चप्पल बनाउने तालिम समेत लिएकी छिन । उनी अहिले बिभिन्न डिजाइनका चप्पल लगायत सेण्डिलहरु बनाउदै आएकी छिन ।

बिगत तीन बर्ष देखि आफनै समिक्षा फेन्सी पसल संचालन गर्दै सिलाइकटाई र गुडिया बनाउन ब्यस्त रहने बसन्तीलाई योे तालिमले उनीमा थप हौसला प्रदान गरेको छ । उनी दश कक्षा सम्म मात्र अध्ययन गरेकी छिन तर बसन्ती सिप सिकेर महिनाको ३० देखि ४० हजार रुपैया सम्म कमाउदै आएको बताइन ।
सिप सिकेर आत्मनिर्भर हुन पाउदा उनी खुसी छन । घरमै बनाउने अर्डर पनि आउन थालेको रहेछ । आम्दानी भएको रकम थप लगानी गर्ने उनको सोच छ । बजार ब्यवस्थापनमा गाउपालिकाले सहयोग गरिदिएको भए अझैं सहज हुने बसन्तीको बुझाई छ ।

यस्तै गरी पाल्हिनन्दन ५ गेरमाकी ६८ बर्षिय कुस्मावती कोहार आफनो र्पुख्यौली पेशालाई निरन्तरता दिदै बिगत ३०÷४० बर्षदेखि माटोका भाडा बनाउदै आएकी छन । साढे २ बर्ष अगाडी पाल्हिनन्दन गाउपालिकाले आयोजना गरेको नया प्रबिधिबाट माटोको भाडा बनाउने तालिममा सहभागी भएपछि अहिले कुस्मावतीको परिवार नै यही पेशामा लागेका छन । पाल्हिनन्दन गाउपालिकाले तालिममा सहभागीहरुलाई ५० प्रतिशत अनुदानमा ,इलेक्टिक चकरी माटाका भाडा बनाउने आधुनिक मेसिन समेत प्रदान गरेको छ ।

जसले गर्दा पनि माटाका भाडा बनाउन धेरै सहज र समयको बचत भएको कुस्मावतीले बताइन । कुस्मावतीको सात जनाको परिवार छ । घरमा भएका सबै सदस्यहरु मिलेर माटोका भाडा बनाउदै आएका छन । भने उनको छोरा श्याम सुन्दर कोहारले माटोका भाडा परासीमा शनिबार र बुधबार लाग्ने हाट बजारमा बेच्दै आएका छन । उनी भन्छिन पहिला जस्तो माटाको भाडाको ब्यापार त छैन तर घर खर्च धान्न जसोतसो पुगेको छ ।

ठुला आवश्यकता यसले कहा पुरा गर्न सकिन्छ र ,उनी थपिन अर्काे सीप छैन , के गर्ने ,यो पनि नगरे पेट पाल्न पनि त सकिदैन । आफनो पुख्र्याैली पेशा संकटमा पर्छ कि भन्ने उनमा चिन्ता छ । आफनो जिवन नै यही पेशामा समर्पित गरेकी कुस्मावती भन्छिन हाम्रो प्रमुख समस्या नै माटो र दाउराको अभाव हो , जसमा वडा र गाउपालिकाले समेत पहल गरेको छैन । यसको ब्यवस्थापन वडा र गाउपालिकाले गरिदिए धेरै सहज हुने उनको बिश्वास छ ।

स्थानिय तहबाट लक्षित बर्गको तालिम लिएर आत्मनिर्भर भएका पुनम, गौरी, पार्वती, बालकुमारी , बसन्ती र कुस्मावती हाम्रा समाजका उदाहरणका पात्र मात्रै हुन । स्थानीय सरकारले महिलाहरुलाई आत्मनिर्भर बनाउन लक्षित बर्ग अन्र्तगत विभिन्न रोजगार मुलक तालिमहरु दिदै आएको छ ।

यस्तै गरी रामग्राम नगरपालिकाले गरीबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत आ.ब.२०८०÷ ८१ मा ६ वटा महिला लक्षित कार्यक्रम सम्पन्न गरेको छ । जसमा ८६ जना महिलाहरुको सहभागिता रहेको थियो । नगरले नयाँ उद्यमी सृजना तर्फ व्युटिपार्लर तालिम,अचार बनाउने तालिम लगायत स्तरोन्नती तालिम तर्फ एडभान्स सिलाइकटाई तालिम, व्युटिपार्लर लगायतका तालिमका लागी ६ लाख ५९ हजार ६ सय रुपैया रुपैया बजेट छुटयाएर खर्च गरेको जनाएको छ । यस्तै गरी आ.ब.२०८१÷ ८२ मा समेत नगरले ६ वटा महिला लक्षित कार्यक्रम सम्पन्न गरेको छ । जसमा ९३ जना महिलाको सहभागिता रहेको थियो । सोही आ.ब. मा महिला महिलाहरुका लागी अर्गानिक धुप बनाउने तालिम, गुडिया तथा कुसन बनाउने तालिम , डिप्लोमा ब्युटीपार्लर सिप बिकास तालिम ,बेसिक फेशन डिजाइन तालिम, एडभान्स ब्युटीपार्लर तालिम ,एडभान्स सिलाइकटाई तालिमका लागी ६ लाख ७७ हजार १ सय ८१ रुपैया लगानी गरेको रामग्राम नगरपालिकाको बरिष्ठ उद्यम बिकास सहजकर्ता ।मेडपा । नर्बदा हरिजनले जानकारी दिइन ।
यस्तै गरी सुस्ता गाउपालिकाको सामाजिक बिकास शाखाका अनुसार, गरीबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत आर्थिक बर्ष २०८०÷ ८१ मा १७ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।
जसमा आ.ब. २०८०÷ ८१ मा दुई वटा मात्रै महिला लक्षित तालिमहरु भएका छन । महिलाहरुलाई चप्पल तथा सेण्डिल बनाउने १५ दिने सीप मुलक तालिममा १ देखि ५ वटै वडाका ३१ जना महिलाहरुको सहभागिता रहेको थियो भने सोही आ.ब. मा अपांगता भएका ब्यक्तिहरुलाई साबुन सरफ, फिनेल, तथा लिक्युड बनाउने सम्बन्धी १० दिने तालिम प्रदान गरिएको थियो जसमा १ देखि ५ वडा सम्मकै ग र घ बर्गका गरी ५२ जना अपांगता भएका ब्यक्तिहरुको सहभागिता रहेको थियो । यस्तै गरी आ.ब. २०८१÷ ८२ मा सुस्ता गाउपालिकाले लक्षित बर्ग कार्यक्रम अन्र्तगत १३ वटा कार्यक्रम गरेको छ । जसमा तीन वटा महिला लक्षित कार्यक्रम रहेका छन । जसमा बटारे धुप तथा फुल बत्ती बनाउने तालिममा १२० जना महिला, महिला संजाल नेतृत्व बिकास तथा उदघोषण तालिममा ५० जना महिला, र महिलाहरुलाई चप्पल तथा सेण्डिल बनाउने सात दिने एडभान्स तालिममा १४ जना महिलाहरुको सहभागिता रहेको महिला तथा बालबालिका शाखा प्रमुख साबित्रा आलेले बताइन ।

यता पाल्हिनन्दन गाउपालिकाको सामाजिक बिकास शाखाका अनुसार गरीबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत आर्थिक बर्ष २०८०÷८१ र २०८१÷८२ मा कुनै कार्यक्रमहरु नै भएका छैनन । कर्मचारीका लागी तलब नै दिन नपुगेपछि सो कार्यक्रमहरुका लागी २ बर्ष देखि बजेट नै नछुटयाएको पाल्हिनन्दन गाउपालिकाका उद्यम बिकास सहजकर्ता राजेश बढइले बताए ।

स्थानीय सरकार गाउँपालिका तथा नगरपालिकाहरूले पछिल्ला वर्षहरूमा महिलाको आर्थिक, सामाजिक, र शैक्षिक सशक्तिकरणमा विशेष जोड दिइरहेका छन । त्यस अन्तर्गत, सीपमूलक तालिमहरू संचालन गरेर महिलाहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमहरू समेत प्रभावकारी बन्दै गएका छन् । खास गरी स्थानिय तहले महिलाहरुलाई सामाजिक र आर्थिक रुपमा बलियो बनाउनका लागी सिलाइ–कटाइ तालिम , ब्युटी पार्लर तालिम, अगरबत्ती, साबुन बनाउने तालिम, कृषि तथा पशुपालन सम्बन्धी तालिम (जस्तैः बाख्रा पालन, तरकारी खेती) डिजिटल साक्षरता तालिम (बेसिक कम्प्युटर, मोबाइल चलाउने सीप) लगायत हस्तकला र हस्तनिर्मित वस्तु उत्पादन जस्ता तालिमहरु प्रदान गर्दै महिलाहरुलाई आत्मनिर्भर बनाउदै आएको छ । जसका लागी स्थानीय सरकारको वार्षिक योजना अनुसार बजेट छुट्याउने गर्दछ भने महिलाको समूह बनाई, उद्यमशिलता प्रवर्धन गर्ने गर्दछ ।

पछिल्लो समय स्थानिय तहले प्रदान गरेका तालिमहरुबाट धेरै महिला हरु घरेलु उद्योग खोल्न सफल भएका छन्। भने कतिपय महिलाहरुले आफ्नै उत्पादनको ब्रान्ड स्थापना गरेका छन । भने समूह बनाएर सामूहिक व्यवसाय पनि सुरु गरेका छन । महिलाहरू अब कुनै कुरामा अरूमा निर्भर हुन नपर्ने अवस्थामा समेत पुगेका छन्। जसले गर्दा पनि उनीहरुको आत्मविश्वासमा वृद्धि, समुदायमा सम्मान बढेको समेत देखिन्छ । स्थानिय तहले सीप मुलक तालिम प्रदान गरी आत्मनिर्भर त बनायो तर अझै पनि महिलाहरुले बिभिन्न किसिमका चुनौतीहरुको समेत सामना गरिरहनु परेको छ ।

तालिम पछि स्थानिय सरकारले बजार ब्यवस्थापनमा कुनै पहल गरेको पाइदैन । जसले गर्दा पनि उत्पादित सामानहरु उचित मुल्य पाउन सकेका छैनन । भने उत्पादित सामानहरु कहा लगेर बेच्ने भन्ने समस्या ज्युको त्यु छ ।

यता सुस्ता गाउपालिकाको उपाध्यक्ष गीता चौधरीले लक्षित बर्गका महिलाहरुले उत्पादन, निर्माण गरेको सामाग्री घरमै उपयोग भएको र छरछमेकमा बेचेर पनि आर्थिक उपार्जन गरिरहेको बताइन । आफुले उत्पादन गरेका सामानहरु अब बन्दै गरेको कोसेली घरमा ल्याएर समेत सजिलै बेच्न सकिने भएकोले आगामी दिनमा उद्यमी महिलाहरुले कोसेली घरमा ल्याएर सामान बेच्न आग्रह समेत गरेकी छिन ।

सीपमूलक तालिममार्फत महिलाहरू आत्मनिर्भर बन्दै गएका छन्। यो लैंगिक समानता, गरिबी निवारण र स्थानीय विकासमा सहयोग पुगाउने महत्वपूर्ण माध्यम हो । यसले महिलालाई घरभित्रको मात्र होइन, समाजमा नेतृत्व दिने क्षमता पनि विकास गरेको छ ।

प्रकाशित मिति: २०२५-०८-१७ , समय : ०८:४८:५६ , ३ घन्टा अगाडि