लुम्बिनीमै पहिलो बन्यो नवलपरासी : पूर्ण खोप सुनिश्चितता घोषणा

हरि शर्मा , ४३  पटक हेरिएको

नवलपरासी, वैशाख ३०

नवलपरासी जिल्ला लुम्बिनी प्रदेशमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो जिल्ला बनेको छ । जिल्लाभरका सातवटै स्थानीय तहले पूर्ण खोपसम्बन्धी सबै मापदण्ड पूरा गरेपछि सोमबार एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो ।

खेमबहादुर सारु ले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गर्दै लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये नवलपरासीले पहिलो उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवामा जिल्लाले उदाहरणीय काम गरेको उल्लेख गर्दै प्रदेश सरकारले सुरक्षित मातृत्व र बाल स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

अंगदबहादुर शाही का अनुसार १६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाले १४ प्रकारका रोगविरुद्धको खोप अनिवार्य रूपमा लगाएपछि मात्रै पूर्ण खोप सुनिश्चितता भएको मानिन्छ । जिल्लाका सबै १८ हजार ३४९ जना बालबालिकाले आवश्यक खोप पाएपछि घोषणा गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बैजनाथ कलवार, भगवति यादव, विमला अर्याल, दीपकराज नेपाल लगायतले स्वास्थ्य क्षेत्रमा अझै जनशक्ति र उपकरणको अभाव रहेको भन्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग र स्रोतसाधन बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: २०२६-०५-१३ , समय : ०९:३७:१० , ४६ मिनेटutes अगाडि