मेउडिहवामा सामुदायिक धर्मशालाको उद्घाटन,स्थानियको एकता,श्रम र सहयोगको प्रतीक भएको जोड

उर्मिला यादव यात्री , ४७७  पटक हेरिएको

भैरहवा, भदौ १

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मेउडिहवामा नवनिर्मित सामुदायिक धर्मशालाको शनिबार एककार्यक्रमका बिच उद्घाटन गरिएको छ । सामुदायिक धर्मशाला संरक्षण समिति सि.न.पा.–२ मेउडिहवाका अध्यक्ष श्याम कोहार अध्यक्षता तथा लुम्बिनी प्रदेश को उपसभामुख मेनुका खाँण के.सीले शनिबार धर्मशालाको उद्घाटन गर्नुभएको हो ।

धर्मशालाको उद्घाटन गर्नु हुदै प्रमुख अतिथी उपसभामुख खाँणले सामुदायिक धर्मशाला स्थानीयको आवश्यकता मात्र नभई सामाजिक र धार्मिक गतिविधिहरूको साझा केन्द्रका रूपमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले “सामुदायिक सम्पत्तिको संरक्षण र उपयोगमा सबैको सरोकार रहनु आवश्यक भएको बताउदै यस्तो धर्मशाला स्थानीयको मात्र नभई सम्पूर्ण समाजको सम्पत्ति भएको जोड दिनु भयो । उहाले धर्मशालाको उपयोग र संरक्षणमा सबैले हातेमालो गर्दै अगाडी बढनुपर्ने बताउनु भयो । धार्मिक, सामाजिक र सांस्कृतिक कार्यक्रममार्फत समाजलाई एकताबद्ध बनाउन धर्मशालाले ठूलो भूमिका खेल्ने खाँणको भनाइ छ । उहाँले प्रदेश सरकारले समुदायको आवश्यकता पूरा गर्ने योजना र परियोजनामा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

यस्तैगरी सामुदायिक धर्मशाला संरक्षण समिति सि.न.पा.–२ मेउडिहवाका अध्यक्ष श्याम कोहारले धर्मशालाको निर्माणमा सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक र स्थानीयवासीप्रति आभार व्यक्त गर्दै “यो धर्मशाला केवल भवन मात्र होइन, यहाका स्थानियको एकता, श्रम र सहयोगको प्रतीक भएको बताउनु भएको छ । अध्यक्ष कोहारले ६६ लाख ६५ हजार ९ सय १७ रुपैयाँ (भ्याटसहित) मा भवन निर्माण भएको र अन्य संरचना (पर्खाल) लगायत स्थानीय सरकार, समाजसेवी तथा स्थानीयबासीको सहयोगबाट निर्माण भएको बताउनुभयो ।
उहाले यसलाई सधैं संरक्षण गरेर आगामी पुस्तालाई हस्तान्तरण गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले कार्यक्रममा उपस्थिति अतिथि, सरोकारवालाहरू र स्थानीयबासीलाई धन्यवाद ज्ञापन गर्दै सबैलाई धर्मशालाको उपयोग समाजकल्याणका लागि गर्न आग्रह गर्नुभएको छ ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खानले धर्मशालाको निर्माणले स्थानीयको सामाजिक तथा धार्मिक गतिविधिलाई सहज बनाउने बताउनुभएको छ ।

नगर उपप्रमुख उमा अधिकारीले सामुदायिक संरचना जोगाउन महिलाको सक्रियता अपरिहार्य भएको बताउनु भएको छ । उहाले नगरमा भएको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले काम गर्र्दै आएको बताउनु भएको छ । सिद्धार्थनगर पालिकामा प्रमुख समस्याको रुपमा रहेको फोहोर ब्यवस्थापन नगर गर्न नसकेको बताउदै यसमा नगरबासीको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।
पूर्व नगरप्रमुख सागर प्रताप राणाले यो धर्मशाला निर्माणका लागि स्वर्गीय दीपक बोहराको योगदान रहेको बताउनुभयो । उहाँले आगामी दिनमा यो धर्मशालालाई व्यवस्थित गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणाले धर्मशालाको उद्घाटन कार्यक्रमलाई ऐतिहासिक क्षणको रूपमा व्याख्या गर्दै “धर्मशालाको निर्माणले वडामा सामाजिक एकता र सद्भावको वातावरण ल्याएको बताउनु भएको छ । उहाले यसमा स्वर्गीय दीपक बोहराको सक्रिय योगदान अतुलनीय रहेको बताउदै धर्मशालाको निर्माण कार्यलाई तीव्रता र व्यवस्थित रूपमा अघि बढाउन सहयोग पु¥याएको उल्लेख गर्नु भएको थियो । उहाले साझा प्रयास र लगानीले समुदायलाई बलियो र अनुशासित बनाएको बताउदै धर्मशालाको दिगो संरक्षण र उपयोगमा सम्पूर्ण समुदायलाई सक्रिय रहेर काम गर्न आग्रह गर्नु भएको छ ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले वडास्तरमै धर्मशालालाई आदर्श नमुना बनाउन स्थानीय तह सहयोग गर्न तत्पर रहेको बताउनुभएको छ । उहाले धर्मशालाका लागि सरकारले थप बजेट विनियोजन गरी सहयोग गर्ने अपेक्षा यहाका नागरिकले गरेको उल्लेख गर्नु भयो । उहाले किसानहरु समयमै मल नपाएर पिडित भएको बताउदै यसको सहजीकरणका लागी सरकारलाई आग्रह गर्नु भएको छ ।


सिनपा–२ का वडाध्यक्ष छेदीलाल श्रीवास्तवले धर्मशाला निर्माणलाई वडाको गौरवमय उपलब्धि भएको भन्दै निरन्तर संरक्षण र विकासका लागि वडा कार्यालयको सक्रियता रहने बताउनुभएको छ । उहाँले भन्नुभयो, “धर्मशाला केवल धर्म–संस्कारको लागि मात्र नभई सम्पूर्ण नागरिकको साझा घर हो । यसको प्रयोग शैक्षिक, सामाजिक र सांस्कृतिक गतिविधिका लागि गर्न सकिन्छ । उहाले वडाले यसलाई थप सुविधासम्पन्न बनाउन सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

युवा नेता प्रज्ज्वल बोहराले धर्मशालालाई युवाहरूको नेतृत्व विकास र सामाजिक कार्यक्रमका लागि खुला मंच बनाउनुपर्नेमा जोड दिनुभयोे उहाले धर्मशालाको उपयोग र संरक्षणमा आफनो निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ भने यस धर्मशालालाई समुदायबीच एकताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सामुदायिक धर्मशाला संरक्षण समिति सि.न.पा.–२ मेउडिहवाका उपाध्यक्ष काली कोहारको स्वागत मन्तब्य रहेको कार्यक्रममा मायादेवी च्यारीटेबल फाउन्डेसन भैरहवाका अध्यक्ष रबि कुमार रौनियार, नेपाल भारत मैत्री संघ रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ता, समाजसेवी भीम बहादुर दर्लामी, प्रज्ञान टोल सुधार समितिका अध्यक्ष सतिश कुमार पाण्डे, सिद्धार्थ दुर्गा युवा क्लबका अध्यक्ष भिम बहादुर थापा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन विरेन्द्र कुमार कोहारले गर्नु भएको थियो । धर्मशाला निर्माणमा आर्थिक सहयोग गर्ने दाता, सामाजिक अगुवा लगायतका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति: २०२५-०८-१७ , समय : १३:०४:३० , ३ महिना अगाडि