नवलपरासीमा लामखुट्टे भगाउन बालेको आगोले दुई भैंसी घाइते

रुपन्देही खबर , १३९  पटक हेरिएको

नवलपरासी, भदौ ३

नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर –६ पोखरापालीमा लामखुट्टे भगाउन बालेको आगोले दुईवटा भैंसी जलेर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार स्थानीय बेचै यादवको एकपाखे खरले छाएको गोठमा आज बिहान करिब ९:५५ बजे झारपातमा आगो लगाउँदा सो घटना भएको हो। आगोले भैंसीको पछाडिको भागमा चोट पुगेको बताइएको छ।

घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान १०:३० बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मानवीय क्षति नभएको तर अन्दाजी ४५ हजार रुपैयाँ बराबरको पशु तथा सम्पत्ति क्षति भएको प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी वीर दत्त पन्तले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२५-०८-१९ , समय : १६:४२:५८ , २१ घन्टा अगाडि