रुपन्देही खबर , १४९ पटक हेरिएको

लुम्बिनी,भदौ ४
रुपन्देही प्रहरीले अवैध लागुऔषध गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यहि भदौ २ गते बिहान करिब ८ बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१२, भवईका ४३ वर्षीय प्रशुराम लोधलाई पक्राउ गरेको हो।
उनको घर परिसरमा लुकाइ–छिपाइ राखिएको करिब ६ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। पक्राउ परेका लोधलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२५-०८-२० , समय : ०८:३७:५५ , ५ घन्टा अगाडि