रुपन्देहीमा १२ करोड लागतको कृषि बजार भवन प्रयोगविहीन

रुपन्देही खबर , १०८  पटक हेरिएको

भैरहवा, भदौ ४

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मा करिब रु १२ करोडको लागतमा निर्माण गरिएको कृषि बजार भवन अहिलेसम्म प्रयोगविहीन अवस्थामा रहेको छ ।

कृषि बजार पूर्वाधार विकास कार्यक्रमअन्तर्गत निर्माण गरिएको सो भवन विसं २०७८ मा तत्कालीन समयमा विधिवत् उद्घाटन समेत गरिएको थियो । तर, उद्घाटन भएको चार वर्ष बितिसक्दा पनि सो भवन हालसम्म सञ्चालनमा ल्याउन सकिएको छैन ।

स्थानीयवासीले करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको भवन प्रयोगमा नआएकोप्रति गुनासो व्यक्त गरेका छन् । उनीहरूको भनाइमा, भवन सञ्चालन नभएकै कारण किसान र व्यापारीले कृषि उत्पादन बिक्री–वितरणमा सहजता पाउन सकेका छैनन् ।

नगरपालिकाले भवन सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । तर, कहिलेदेखि प्रयोगमा आउने भन्ने स्पष्ट योजना भने सार्वजनिक गरिएको छैन । रु १२ करोड लागतमा बनेको कृषि बजार भवन प्रयोगमा नआएपछि सरकारी स्रोतको दुरुपयोग भएको भन्दै स्थानीयले चासो र आलोचना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०२५-०८-२० , समय : १६:२२:३२ , ३ घन्टा अगाडि