रुपन्देही खबर , ११४ पटक हेरिएको

भैरहवा, भदौ ४
रुपन्देहीमा प्रहरीले ३०० एम्पुल अबैध लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिका–३ थुमहवा बस्ने ३२ वर्षीय हरिचन्द्र तेली रहेका छ्न ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यहि भदौ ३ गते दिउँसो करिब ३:३० बजे मायादेवी गाउँपालिका–४ सुन्डिमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा तेलीलाइ पक्राउ गरेको हो। तेलीले चलाइरहेको लु ५८ प २२३१ नम्बरको मोटरसाइकल रोकि जाँच गर्दा लेगगार्डमा प्लास्टिकमा झुण्ड्याइ ल्याइएको अवस्थामा ब्रुफिन १०० एम्पुल, डाइजापाम १०० एम्पुल र फेनेरागन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागुऔषधसहित मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: २०२५-०८-२० , समय : १७:१८:११ , ४ घन्टा अगाडि