रुपन्देही खबर , ११६ पटक हेरिएको

भैरहवा,भदौ ७
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिद्धार्थनगर नगर समितिको तेस्रो नगर अधिवेशन तथा तीज मिलन कार्यक्रम एक कार्यक्रमका बिच सम्पन्न भएको छ। संघकी सिद्धार्थनगर नगर अध्यक्ष तारा देवी बरालको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा रूपन्देही जिल्ला संयोजक निर्मल जिसीको प्रमुख आतिथ्यतामा शुक्रबार भैरहवामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्नु हुँदै प्रमुख अतिथि जिसीले महिलाहरूले सामाजिक, आर्थिक र राजनीतिक अधिकार प्राप्तिका लागि संघर्षलाई निरन्तर अघि बढाउनुपर्ने बताउनुभएको छ । उहाले महिलाको समान अधिकार बिना समाजमा समानता र न्याय सम्भव नभएको बताउदै महिला आन्दोलनलाई अझै सशक्त बनाउन संघले अग्रणी भूमिका खेल्ने अपेक्षा गरिएको उल्लेख गर्नु भयो ।
यस्तै गरि कार्यक्रमको अध्यक्ष तारा देवी बरालले अधिवेशन मार्फत संघलाई अझ मजबुत बनाएर संगठन विस्तार र महिला अधिकारको पक्षमा निरन्तर संघर्ष गरिने बताउनुभएको छ । उहाँले “यो अधिवेशन महिला आन्दोलनलाई नयाँ ऊर्जा दिने अवसर बनेको बताउदै महिलाहरूको आवाजलाई सडकदेखि सदनसम्म पुर्याउने संकल्प गर्दै अघि बढेको बताउनु भयो ।
कार्यक्रममा अन्तिमा पाण्डेयको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रूपन्देही इन्चार्ज रिज्जु श्रेष्ठ, प्रदेश सदस्य तथा संघकी रूपन्देही अध्यक्ष दीपिका शर्मा, नगर अध्यक्ष नारायण हमाल ठकुरी लगायतले आफ्नो धारणा राख्नुभएको थियो।
यस्तै गरि अधिवेशनले २३ सदस्यीय नयाँ कार्य समिती निर्वाचित गरेको छ। निर्वाचित समितिको इन्चार्जमा तारा देवी बराल, अध्यक्षमा शर्मिला श्रेष्ठ, उपाध्यक्षमा मिना क्षेत्री र नीतु पाण्डेय, सचिवमा अन्तिमा पाण्डेय, कोषाध्यक्षमा बबिता मल्ल र सह–सचिवमा शारदा थापा चयन हुनु भएको छ।
त्यस्तै सदस्यमा कल्पना परियार, रिंकी गुप्ता, शुशीला मण्डल, राधिका थापा, बिष्णु माया थापा, कमला मरासिनी, सीता प्रजापति, सुनीता कुमारी यादव, अन्जु गुबाजू, सीतामाया हमाल, कल्पना बिसी, बिमला आले, गोमा सुनार, शारदा प्रजापति, गीता गेलाल, सपना राना र कुसुम मल्लाह लगायत निर्वाचित हुनु भएको छ । मिना क्षेत्रीले संचालन गर्नुभएको कार्यक्रममा बिकाश रायमझी, श्याम कुँवर, लक्ष्मण सुनार र बब्लु खान लगायतको सहभागिता रहेको थियो।
प्रकाशित मिति: २०२५-०८-२३ , समय : ०८:४९:०९ , ६ घन्टा अगाडि