महेश गुप्ता , १११ पटक हेरिएको

भैरहवा, भदौ ७
अग्रहरी सेवा समाज तथा उपसमिति अग्रहरी महिला मञ्च रुपन्देहीले हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज मिलन तथा दर खाने कार्यक्रम भैरहवामा भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा अग्रहरी महिला मञ्च रुपन्देहीकी अध्यक्ष आरती अग्रहरीको अध्यक्षता तथा राष्ट्रिय वैश्य महासंघ नेपाल, रुपन्देहीका अध्यक्ष अमित कुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
त्यस्तै, प्रमुख अतिथि राष्ट्रिय वैश्य महासंघ नेपाल, रुपन्देहीका अध्यक्ष अमित कुमार गुप्ताले महिलाहरुले आफ्नो प्रतिभा देखाएर समाजमा सकारात्मक सन्देश दिनुपर्ने आवश्यकता औंल्याउँदै तीज पर्व महिला सशक्तिकरण र संस्कृतिको पहिचानलाई जगेर्ना गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नु भएको छ ।
यस्तै गरि अध्यक्ष आरती अग्रहरीले तीजजस्तो सांस्कृतिक पर्वले महिलाबीच एकता, सौहार्द र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउँदै यस किसिमका कार्यक्रमहरुले संस्कृतिको संरक्षण र आगामी पुस्तामा हस्तान्तरणमा सहयोग पुग्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा अग्रहरी सेवा समाज रुपन्देहीका निवर्तमान अध्यक्ष सियाराम अग्रहरी, संस्थापक अध्यक्ष जोगेन्द्र अग्रहरी, डा. योगेन्द्र अग्रहरी, माया अग्रहरी, डा. शकुंतला गुप्ता, इन्दु कुवंर, राधारमण अग्रहरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा नृत्य, पास–पास, बेलुन फुटाउनेजस्ता रमाइला खेलहरु प्रस्तुत गरिँदा सहभागी महिलाहरु उत्साहित भएका थिए । आँचल अग्रहरीले संचालन गर्नु भएको कार्यक्रममा अग्रहरी समाजका पदाधिकारी पारसनाथ अग्रहरी, मधु अग्रहरी, बिन्दवाशिनी अग्रहरी, मिरा अग्रहरी, सिमा अग्रहरी, मीना अग्रहरी, विनीता अग्रहरी, प्रियंका अग्रहरी लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२५-०८-२३ , समय : ०९:४८:५२ , ५ घन्टा अगाडि