रुपन्देही खबर , १७० पटक हेरिएको

भैरहवा, भदौ ६
रुपन्देही प्रहरीले लिखत सम्बन्धी कसुर मुद्धामा थप एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार भदौ १ गते बेलहिया बसपार्क क्षेत्रबाट भारत कानपुर घर भई हाल बसोबास गर्दै आएका २५ वर्षीय अभिषेक यादवलाई नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम, होलोग्राम तथा स्टिकरसहित पक्राउ गरिएको थियो। उक्त प्रकरणमा अनुसन्धानका क्रममा यादवको बयानका आधारमा संलग्न रहेका College Coach Nepal प्रा.लि.का सञ्चालक चितवन, कालिका–५ बस्ने ५० वर्षीय हरि प्रसाद कडेललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रुपन्देही प्रहरीका अनुसार कडेललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा भदौ ५ गते चितवनबाट पक्राउ गरेको हो।
हाल पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२५-०८-२३ , समय : १४:४१:१५ , ९ घन्टा अगाडि