ब्राईट स्टार र मोर्डन पब्लिक स्कुलद्धारा तीजको शुभकामना आदानप्रदान

रुपन्देही खबर , १२०  पटक हेरिएको

भैरहवा, भदौ ८

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका अवस्थित ब्राईट स्टार इङ्गलिस बोर्डिङ सेकेन्डरी स्कुल सिनपा १ रानीगाउ र मोर्डन पब्लिक स्कुल सिनपा ८ को संयुक्त आयोजनामा हरितालीका तीजको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बिद्यालयका प्रबन्धक अमित यादवको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा तीजको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम भैरहवामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि नगर उपप्रमुख अधिकारीले तीज पर्वले नारीहरूको आस्था, शक्ति र सहनशीलताको प्रतीकको रुपमा समाजलाई सकारात्मक सन्देश दिदै आएको बताउनु भएको छ । उहाँले विद्यालयहरूद्वारा यस्ता सांस्कृतिक कार्यक्रम आयोजना हुनु स्वयंमा प्रशंसनीय भएको भन्दै यसले विद्यार्थी र समाजबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको थियो ।

यस्तै गरी कार्यक्रममा बोल्नु हुदै बिद्यालयका प्रबन्धक अमित यादवले विद्यालयले शैक्षिक क्षेत्रमा मात्र नभई सामाजिक, सांस्कृतिक र धार्मिक परम्पराको संरक्षणमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । उहाले महिलाहरूको महान पर्व हरितालीका तीजले पारिवारिक एकता, आपसी माया–प्रेम र सामाजिक सौहार्द बढाउने धारणा राख्नुभएको थियो ।

शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रममा ब्राईट स्टार इङ्गलिस बोर्डिङ सेकेन्डरी स्कुल सिनपा १ रानीगाउका प्रधानाध्यापक एल.बि.रौतार, सहप्रधानाध्यापक राहुल यादव, बिद्यालयको अनुशासन शाखा प्रमुख अजिता रायमाझी, बिद्यालय संयोजक नारायण कश्यप, मोर्डन पब्लिक स्कुल सिनपा ८ भैरहवाका संयोजक मुकेश यादव, बिद्यालयको सिनियर इन्जार्च अमरजित यादव , बिद्यालय अनुशासन शाखा प्रमुख कमला रायमाझी, अनामिका कन्सलटेन्सीका प्रबन्धक अनामिका यादव, लगायत विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०८-२४ , समय : १३:११:५० , ६ घन्टा अगाडि