रुपन्देही खबर , १४२ पटक हेरिएको

धकधइ, भदौ ९
रुपन्देहीको रोहिणी गाउँपालिका–२ मा अवस्थित श्री विराट कृषि सहकारी संस्था लि.मलखाद भण्डारण तथा वितरण केन्द्रमा युरिया मल वितरणमा अनियमितता भएको आरोपसहित गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले आइतबार सहकारीको ताला तोडी किसानलाई मल वितरण गर्नु भएको छ ।
सहकारीले किसानलाई समयमा मल वितरण नगरी मनपरी ढंगले बिक्री वितरण गरेको गुनासो गाउँपालिकामा आएपछि अध्यक्ष यादव स्वयं स्थलमा पुगेर सहकारीको ताला तोडी मल वितरण गर्न बाध्य भएको गाउँपालिका श्रोतले जनाएको छ ।
अध्यक्ष यादवले गाउपालिकामा आएको मल प्रत्येक किसानलाई एक/एक बोरा दिने निर्णय पालिकाले गरेको बताउदै सो अनुसार मल बितरण नभए पछि सहकारीको ताला तोडन बाध्य भएको बताउनु भएको छ ।
“कृषकहरुले समयमा मल नपाउदा खेतबाली प्रभावित हुने अवस्था छ । उक्त सहकारीमा आएको २ सय ७९ बोरा मल वितरणमा देखिएको अनियमितता रोक्न बाध्य भएर मैले ताला तोडी किसानलाई मल वितरण गरेंको हो अध्यक्ष यादवले भन्नू भयो । स्थानीय किसान, सरोकारवाला निकाय, पालिकाका पदाधिकारी , कर्मचारी, लगायत स्थानीयको रोहबरमा ताला तोडेर मल बितरण गरिएको स्थानीयले बताएका छन ।
स्थानीय किसानहरूले पनि सहकारीमा मल वितरण पारदर्शी नभएको, आफ्ना सदस्यहरूलाई पनि मल पाउन समस्या भएको भन्दै गुनासो गर्दै आएका थिए ।
यस घटनापछि सहकारी व्यवस्थापनप्रति प्रश्न उठेको छ भने गाउँपालिकाले किसानको सहजताका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित मिति: २०२५-०८-२५ , समय : १९:१८:४१ , ९ घन्टा अगाडि