रुपन्देही खबर , १०५ पटक हेरिएको

काठमाण्डाै, भदौ २३
काठमाण्डाैको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले सूचना निकालेर दिउँसो साढे १२ बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।
अहिले नयाँ बानेश्वर क्षेत्रमा जेन जीले प्रदर्शन गरिरहेका छन् । केही प्रदर्शनकारीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्रै छिरेका छन् । प्रदर्शनकारीहरू संसद् भवनभित्र छिरेपछि प्रहरीले हवाई फायर गरेको छ ।
प्रकाशित मिति: २०२५-०९-०८ , समय : १३:३८:३३ , १३ घन्टा अगाडि