रुपन्देहीमा कर्फ्यू आदेश जारी

रुपन्देही खबर , ११३  पटक हेरिएको

भैरहवा, भदौ २३

रुपन्देही जिल्लामा आज बेलुकी ४ बजेबाट राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम बुटवल र भैरहवा क्षेत्रलाई कर्फ्यूको दायरामा ल्याएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। आदेशअनुसार तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

कर्फ्यू लागू हुने क्षेत्रमध्ये भैरहवा क्षेत्रमा पूर्वमा रोहिणी खोला पुलदेखि पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोकदेखि दक्षिणमा मेउडीहवासम्मको क्षेत्र कर्फ्यूको दायरामा परेको छ। यस्तै बुटवल–बेलहिया सडक खण्डको दायाँबायाँ १०० मिटर भित्र पनि कर्फ्यू आदेश लागू हुने जनाइएको छ। बुटवलतर्फ भने पूर्वमा पेट्रोल पम्प धागो कारखाना पुलदेखि पश्चिममा बेलवास चोकसम्म, उत्तरमा चिडिया खोला र दक्षिणमा मंगलापुरसम्मको भूभाग तोकिएको छ। जिल्ला प्रशासन कार्यालयले तोकिएको समयसम्म नागरिकलाई संयमता अपनाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: २०२५-०९-०८ , समय : २१:०९:५४ , ६ घन्टा अगाडि