त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्याे

रुपन्देही खबर , ७७  पटक हेरिएको

काठमाण्डाै,भदौ २५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएकाे छ । विषम परिस्थितिका कारण मङ्गलवारदेखि बन्द रहेको विमानस्थल तत्काल लागू हुने गरी खुलाइएको विमानस्थल कार्यालयले जनाएको छ । आज बसेकाे विमानस्थल सुरक्षा समितिकाे निर्णय अनुसार विमानस्थल पुनः शुरू गर्ने निर्णय भएकाे विमानस्थल कार्यालयले निकालेकाे सूचनामा उल्लेख छ ।

हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउन विमानस्थल कार्यालयले अनुरोध गरेको छ । विमानस्थल बन्द हुँदा हिजोदेखि आन्तरिक र बाह्य दुवै उडान प्रभावित बनेका थिए ।

प्रकाशित मिति: २०२५-०९-१० , समय : १६:५३:०० , ३ घन्टा अगाडि