रुपन्देहीमा बिहान ९ बजेदेखि साझ ७ बजेसम्म पुनः कर्फ्यू आदेश जारी

रुपन्देही खबर , १२४  पटक हेरिएको

रुपन्देही, भदौ २६

रुपन्देही जिल्लामा पुनः कर्फ्यू आदेश जारी गरिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा प्रभावित हुन सक्ने भन्दै कर्फ्यू आदेश जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार भदौ २४ गते बेलुकी ८:३० बजेदेखि लागु भएको कर्फ्यू २६ गते बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खुला गरिएको थियो । तर जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पुनः आज बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

कर्फ्यू अवधिभर कोही पनि व्यक्ति आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक आयोजना गर्न, घेराउजस्ता गतिविधि गर्न पाईने छैन । आदेशको उल्लंघन गर्नेहरूमाथि प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

प्रकाशित मिति: २०२५-०९-११ , समय : ०७:३७:४८ , १० घन्टा अगाडि