रुपन्देही खबर , ४३ पटक हेरिएको

काठमाण्डौ,भदौ २७
नेपाली सेनाले अहिलेको विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको भन्दै भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सबैसँग आग्रह गरेको छ ।सेनाको जनसम्पर्क निर्देशनालयले सूचना निकालेर आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएकाले भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न आग्रह गरेको हो ।
सेनाले सूचना आदानप्रदानको लागि सूचना निर्देशनालय लगायत देशभर रहेका पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न पनि आग्रह गरेको छ । सेनाले देशका विभिन्न ठाउँमा रहेका आठ वटा पृतना हेडक्वार्टरका फोन नम्बरसहितको विवरण सार्वजनिक गर्दै भ्रामक सूचनामा विश्वास नगर्न भनेको हो ।
प्रकाशित मिति: २०२५-०९-१२ , समय : १०:४०:१७ , २३ घन्टा अगाडि