रुपन्देही खबर , २१२ पटक हेरिएको
काठमाण्डौ,भदौ २८
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो । यसअघि शुक्रबार राष्ट्रपति पौडेलले कार्कीलाई संविधानको धारा ६१ अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
शुक्रबार प्रधानमन्त्रीसहित केही मन्त्रीको शपथ गराउने तयारी भए पनि अन्तिममा हुन सकेन । सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीसँगै रहेको छ ।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ अधिकारी र कूटनीतिज्ञहरूको सहभागिता थियो । पुर्वप्रधानन्यायाधीश कार्की देशको पहिलो महिला प्रधानमन्त्री बन्नुभएको हो । उहाँ देशको पहिलो महिला प्रधानन्यायाधीश पनि हुनुहुन्छ ।
प्रकाशित मिति: २०२५-०९-१३ , समय : ०७:४२:५२ , २ महिना अगाडि