रुपन्देही खबर , ८० पटक हेरिएको

भैरहवा,भदौ २८
रुपन्देही जिल्लामा जारी गरिएको निषेधाज्ञा र कर्फ्यू आदेश हटाइएको छ । जिल्लाको शान्ति सुरक्षा सामान्य भइसकेको र जनजीवन सामान्यतर्फ फर्किन थालेको मूल्याङ्कन गरेपछि जिल्ला प्रशासन कार्यालयले आज शनिबार साँझ ६ बजेदेखि लागू हुने गरी कर्फ्यू र निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निषेधाज्ञा र कर्फ्यू हटाइएपछि जनजीवन सहज हुने भएको छ । प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्ने सम्पूर्ण पक्षप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पारस्परिक सद्भाव कायम गर्न, सार्वजनिक सेवा प्रवाह सहज बनाउन, शिक्षण संस्था सञ्चालन, आवागमन सुचारू गर्ने र बजार व्यवस्थालाई चलायमान बनाउन सबै सरोकारवालासँग सहकार्य गर्न आग्रह गरेका छन् ।
यसअघि अस्थिर परिस्थितिका कारण रुपन्देहीका विभिन्न क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरिएको थियो ।
प्रकाशित मिति: २०२५-०९-१३ , समय : १८:५९:५० , २ घन्टा अगाडि