रुपन्देही खबर , ३२१ पटक हेरिएको

भैरहवा, असोज ४
रुपन्देही जिल्ला कै पहिलो चमार समुदायबाट नेपाल सरकारको पुर्ण छात्रबृत्तिमा सफलता पुर्वक पास गर्नुभएका ओमसतिया गाउपालिका का डाक्टर मणिराम चमार सम्मानित हुनुभएको छ ।
नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालले एक कार्यक्रमको आयोजना गरी डा.चमारलाई सम्मान गरेको हो । कार्यक्रममा चमार समाजका केन्द्रिय अध्यक्ष दिनेश चमारले देशकै पिधंमा रहेका चमार समुदायलाई राज्यले शिक्षामा लगानी गरेर सबै भन्दा बढि पुन्यको कार्य गरेको र दलित चमार आन्दोलनको एक महत्वपुर्ण सफलता रहेको बताउनु भएको थियो ।
मणिराम चमार रुपन्देही जिल्लामै पहिलो चमार समुदायबाट डाक्टर बनेकाले आफुहरु लगाएत सारा जिल्लाकै नाम रोशन गरेको र गाउको बनोबल बढेको समाजका अध्यक्ष चमारको भनाई थियो ।
नेपाल सरकारले हाल चमार , डोम र मुसहर समुदायलाई उच्च शिक्षाका नाममा बिशेष लगानी गर्दै उनिहरुको जिवन उकास्ने कार्य गरिरहेको छ । समाजका प्रदेश सदस्य दिपक चमार ज्युको संचालनमा भएको सम्मान कार्यक्रममा डाक्टर मणिरामका बुवालाई समेत सम्मान गरिएको थियो ।
चमार कल्याण समाज नेपाल रोहिणी -६ का वडाध्यक्ष धिरेन्द्र चमार , ओमसतिया गाउपालिकाका प्रतिनिधी आसोक चमार , संजय चमार लगाएतले डाक्टर चमारलाई सम्मान गर्नु भएको थियो ।
जिल्लाकै चमार समाजसेवी हरिद्वार चमारको बिशेष संयोजन तथा रोहिणी गाउपालिकाकी उपमेयर शिवकान्ती चमारको सहयोगमा कार्यक्रम भएको हाे ।
प्रकाशित मिति: २०२५-०९-२० , समय : १७:५८:१० , १ हप्ता अगाडि