लायन्स क्लब अफ सेन्टिनियलद्धारा दशैँ, तिहार तथा छठपर्वको शुभकामना आदान–प्रदान

रुपन्देही खबर , १८९  पटक हेरिएको

भैरहवा, असोज ७

लायन्स क्लब अफ सेन्टिनियलको आयोजनामा सोमबार भैरहवामा बडादशैँ, तिहार तथा छठपर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ सेन्टिनियलका अध्यक्ष बिपिन कुमार साह गुप्ताको अध्यक्षता तथा रुपन्देहीका प्रमुख जिल्ला न्यायाधीश अशोक कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सोमबार एक कार्यक्रमका बिच बडादशैँ, तिहार तथा छठपर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन गर्नु हुदै प्रमुख अतिथी प्रमुख जिल्ला न्यायाधीश बस्नेतले चाडपर्व केवल मनोरञ्जन र रमाइलोको लागि मात्र नभई सामाजिक एकता, मेलमिलाप र धार्मिक सहिष्णुताको प्रतीक भएको बताउनु भयो । उहाले विविधता बीचको एकता नै नेपालको शक्ति भएकाले सबैले मेलमिलाप र सद्भावसहित पर्व मनाउनुपर्नेमा जोड दिनु भएको छ । बस्नेतले अदालतले निष्पक्ष र पारदर्शी ढंगले न्याय प्रवाह गर्दै आएको उल्लेख गर्दै “न्यायमा ढिलाइ वा अन्याय नहोस् भन्ने हाम्रो पहिलो जिम्मेवारी भएको उललेख गर्दै अदालतमा आउने प्रत्येक मुद्दा तथ्य–प्रमाण र कानूनको आधारमा टुंग्याउने आफुहरुको लक्ष्य भएको बताउनु भएको छ उहाले यसले मात्र समाजमा विश्वास र कानूनी शासन बलियो हुने बिश्वास ब्यक्त गर्नु भयो ।

त्यस्तैगरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले पर्वको समयमा सामाजिक शान्ति र सुरक्षालाई प्राथमिकता दिएको बताउनु भएको छ । उहाले पर्वले ल्याउने उत्साहसँगै अनुशासन र जिम्मेवारी पनि आवश्यक हुने धारणा राख्नु भएको थियो । डा. पाण्डेले पर्वसँग सम्बन्धित सामाजिक शान्ति र सुरक्षाबारे जोड दिँदै भन्नु भयो “पर्वले हामीलाई नयाँ उत्साह र उमङ्ग दिन्छ तर यससँगै सामाजिक जिम्मेवारी पनि आउँछ । सुरक्षा व्यवस्थामा प्रशासन, प्रहरी र स्थानीय निकाय सबै सक्रिय छन्, तर त्योभन्दा ठूलो जिम्मेवारी नागरिक आफैंमा हुन्छ।”

उहाले हालैको जेन्जी आन्दोलनका क्रममा रुपन्देहीमा तोडफोडका केही घटना भए पनि कुनै मानवीय क्षति नभएको प्रष्ट पार्नु भयो । उहाले भन्नु भयो “शान्तिपूर्ण आन्दोलन नागरिक अधिकार हो तर हिंसात्मक ढंगले प्रस्तुत हुँदा सम्पत्ति नोक्सान हुन्छ । सौभाग्यवश, रुपन्देहीमा जनधनको क्षति भने भएको छैन ।” उहाले दशैँ, तिहार र छठ पर्वको मूल सन्देश आपसी मेलमिलाप, दया, करुणा र भाईचारा रहेको भन्दै सबैलाई सभ्य ढंगले पर्व मनाउन अनुरोध समेत गर्नु भएको छ ।

यस्तै गरी लायन्स क्लब अफ सेन्टिनियलका अध्यक्ष बिपिन कुमार साह गुप्ताले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै “ क्लबले समाजमा शिक्षा, स्वास्थ्य, सरसफाइदेखि लिएर दैवी प्रकोपमा राहतसमेतका अभियान सञ्चालन गर्दै आएको बताउनु भएको छ । चाडपर्वको अवसरमा हामीले सामुदायिक एकता र सामाजिक सद्भावलाई प्राथमिकता दिएका समेत जोड दिनु भयो । अध्यक्ष गुप्ताले भन्नु भयो “लायन्स क्लब केवल सदस्यहरूको संस्था मात्र होइन, यो समुदायकै संस्था हा े। हामीले गर्ने प्रत्येक काम स्थानीय समुदायलाई केन्द्रमा राखेर गरिएको हुन्छ। आगामी दिनमा पनि सामाजिक सेवा, युवा नेतृत्व विकास र मानवीय सहयोगमा हाम्रो निरन्तरता रहनेछ ।”


यस्तै गरी लायन्स क्लब अफ सेन्टिनियलका गाईडिङ लायन विनोद खरेलले लायन्स क्लबले समाज सेवा मार्फत् समुदायलाई निरन्तर सहयोग गर्दै आएको र यस्ता पर्वको अवसरमा सामाजिक एकता अझ मजबुत बन्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाले “लायन्स क्लबले शिक्षा, स्वास्थ्य, आपतकालीन राहतदेखि लिएर सामाजिक चेतनामूलक अभियानसम्म निरन्तर काम गरिरहेको बताउदै पर्वको अवसरमा पनि समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्य राखेर बिभिन्न सामाजिक काम गर्दै आएको उल्लेख गर्नु भयो । उहाले पर्वले दिने सन्देश आत्मसात गरी सबै वर्ग, जाति, धर्म र क्षेत्रका मानिसबीचको एकता अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिए। खरेलले समाजको विकास र रुपान्तरणमा हरेक नागरिकले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउँदै, आगामी दिनमा पनि लायन्स क्लब अफ सेन्टिनियलले निरन्तर सामाजिक सेवा कार्यक्रमलाई प्राथमिकता दिने जानकारी गराउनु भएको थियो ।

कार्यक्रम संयाजक लायन सुष्मा थापाको स्वागत मन्तब्य रहेको कार्यक्रममा लायन दिपक कौशल, लायन्स क्लब होलीसिटीका अध्यक्ष ऋषिराम पाण्डे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, डिष्टिक ग्याट कोर्डिनेटर एमजेएफ लायन ओम श्रेष्ठ, फस्ट भिजिटी डिष्टिक गर्भनर एमजेफ लायन सन्दिप कसौधन, सेकेण्ड भिजिटी पिएमजेफ लायन मिना पन्थी, डिष्टिक गर्भनर पिएमजेफ लायन बलराम भटटराइ लगायतले बोल्दै बडादशैँ, तिहार र छठपर्वले नेपाली समाजमा पारस्परिक सद्भाव, धार्मिक आस्था र सांस्कृतिक महत्व बोकेको उल्लेख गर्दै सबैमा शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०२५-०९-२३ , समय : १०:५३:१७ , ५ दिन अगाडि