रुपन्देही खबर , १६३ पटक हेरिएको

भैरहवा,असोज ८
रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधई बजारमा रहेको साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको एटीएम मेसिन तोडफोड गर्ने दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गत असोज ६ गते दिउँसो करिब ४:३७ बजेतिर एटीएम मेसिन तोडफोड भएको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो।
सो क्रममा तोडफोडमा संलग्न रहेका रोहिणी गाउँपालिका–६ पर्सा बस्ने २५ वर्षीय सुरज चौधरी र सोही गाउँपालिका–२ श्रीनगर बस्ने २२ वर्षीय बिन्दु बानियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२५-०९-२४ , समय : १६:२४:१३ , ४ दिन अगाडि