रुपन्देही खबर , १६६ पटक हेरिएको

लुम्बिनी, असोज ९
आधारभूत स्वास्थ्य केन्द्र मुझहवा लुम्बिनी साँस्कृतिक नगरपालिका २ रुपन्देहीको आयोजना तथा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. २ को सहयोगमा बुधबार स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरूप साइकल वितरण गरिएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. २ का वडाअध्यक्ष ईनामुल्लाह फकीरको अध्यक्षतामा बुधबार एक कार्यक्रमका बिच १० जना स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल वितरण गरिएको हो । साइकल वितरण गर्नु हुँदै वडाअध्यक्ष ईनामुल्लाह फकीरले महिला स्वास्थ्य स्वयंसेविकाहरु स्वास्थ्य सेवाको अग्रपंक्तिमा खटिने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै “समुदायमै स्वास्थ्य सेवा पु¥याउन स्वयंसेविकाहरुको भूमिका अमूल्य रहेको बताउनु भएको छ । उहाले स्वास्थ्य स्वयंसेविकाहरुको सहज आवागमनका लागि वितरण गरिएको साइकलले थप उत्साह र ऊर्जा दिनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो ।उहाले आगामी दिनमा पनि महिला स्वास्थ्य स्वयंसेविकालाई थप प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा वडा सदस्य, स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्य संस्था व्यवस्थापन समितिका पदाधिकारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२५-०९-२५ , समय : ११:३२:४८ , ३ दिन अगाडि