मिथिलाञ्चल समाज रुपन्देहीद्वारा विजयादशमी, तिहार, छठको शुभकामनासंगै झिझिया कार्यक्रम

उर्मिला यादव यात्री , ३९५  पटक हेरिएको

भैरहवा, असोज १३

मिथिलाञ्चल समाज रुपन्देही, सिद्धार्थनगर–६ भैरहवाले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवं सांस्कृतिक झिझिया कार्यक्रम भैरहवामा सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष अमर कुमार झाको अध्यक्षता तथा नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख शम्भु कुसियत यादवको प्रमुख आतिथ्यतामा आइतबार साझ एक कार्यक्रमका बिच कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन गर्नु हुदै प्रमुख अतिथी यादवले मिथिला संस्कृतिले नेपालको विविधतालाई अझ सबल बनाएको बताउनुभएको छ । उहाँले परम्परागत संस्कार, संस्कृति र पर्व–पवाले समाजलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको जोड दिनु भयो ।

उहाले सबैमा पर्वले ल्याउने एकता, सहयोग र सद्भावलाई आत्मसात् गर्न आग्रह गर्दै “मिथिला संस्कृतिको मौलिक परम्परालाई जीवित राख्न यसप्रकारका कार्यक्रम आवश्यक भएको जोड दिनु भयो । उहाले विविधतामध्ये एकताको सन्देश दिने हाम्रो परम्परागत पर्वलाई जगेर्ना गर्नु हाम्रो सामूहिक दायित्व भएको उल्लेख गर्दै मिथिला समाजमा यसको छुटटै महत्व भएको बताउनु भएको थियो ।


यस्तै गरी समाजका अध्यक्ष अमर कुमार झाले झिझिया कार्यक्रम मिथिलाबाट सुरु भए पनि यो गौतमबुद्धको नगरी भैरहवा लगायत अन्य ठाउमा पनि मनाउन थालिएको बताउनु भएको छ । उहाले भैरहवामा मिथिलाञ्चल समाजको छिटटै नै सभाहल समेत बनाउने बताउदै समाजलाई अझ सशक्त, संगठित र सांस्कृतिक चेतनायुक्त बनाउन निरन्तर यस्ता कार्यक्रम गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।े उहाँले सबैलाई विजयादशमी, दिपावली र छठ पर्वको शुभकामना दिंदै एकता, सहयोग र सद्भावले मात्र समाज सबल बन्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा समाजका सचिव उषा पाठकले झिझिया पर्वको महत्वबारे विस्तृत जानकारी दिँदै यसलाई धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले झिझियाले समाजमा सामूहिकता, महिलाको सहभागिता र संस्कृति संरक्षणमा जागरण ल्याउने धारणा राख्नुभयो ।

मैथिल समाज नेपाल, बुटवलका सचिव मनोज कुमार मण्डलले मिथिला संस्कृतिको महिमा वर्णन गर्दै “संस्कृति हराउनु भनेको अस्तित्व हराउनु भएकोले हामीले आजका सन्तानलाई सही जानकारी, शिक्षा र अभ्यास दिन सके मात्र हाम्रो मौलिकता भविष्यसम्म सुरक्षित रहने बिश्वास ब्यक्त गर्नु भएको छ ।

त्यस्तै गरी समाजसेवी रिता साहले महिलाको सक्रियताबिना कुनै पनि पर्व पूर्ण हुन नसक्ने भन्दै महिलाहरूले झिझियामा देखाएको अग्रणी भूमिकाले समाजलाई अझ प्रगतिशील बनाएको बताउनुभएको छ । उहाँले “झिझिया महिला सशक्तीकरण र सामूहिकतासँग जोडिएको पर्व भएकोले यसलाई निरन्तरता दिन हामी सबै कटिबद्ध हुनुपर्ने जोड दिनु भएको थियो ।

यस्तै गरी बैश्य युवा समाज, भैरहवा रुपन्देहीका अध्यक्ष तार्केश्वर कान्दुले भैरहवामा आयोजना भएको यो कार्यक्रमले युवाहरूलाई संस्कृति संरक्षणमा नेतृत्व लिन आह्वान गरेको उल्लेख गर्नु भयो । उहाले “हामी युवाले आफ्नो मौलिक संस्कृतिको रक्षा गर्न सक्यौं भने मात्र आधुनिकताको बीचमा हाम्रो पहिचान बलियो रहने बिश्वास ब्यक्त गर्नु भएको छ ।

कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष अशोक कुमार शाहले स्वागत मन्तब्य राख्दै “मिथिलाञ्चल समाज रुपन्देहीले हरेक वर्ष आफ्ना मौलिक पर्वलाई उत्साहपूर्वक मनाउँदै आएको बताउनु भएको छ । उहाले समाजको उद्देश्य केवल पर्व मनाउनु मात्र नभई यस अवसरमा आपसी मेलमिलाप र भाइचारा प्रवद्र्धन गर्नु भएकोले उपस्थित सबैको सहभागिताले हाम्रो एकता अझ प्रगाढ भएको बताउनु भएको थियो ।

मिथिलाञ्चल समाज रुपन्देहीका महासचिव सियाराम यादवले संचालन गर्नु भएको कार्यक्रममा शुभकामना आदानप्रदानसँगै स्थानीय कलाकारहरू अंजली, मन्जु, दुर्गावती, जान्हवी झा, आरुषी झा, पुजा, निशा, चिम्की, सृष्टि पण्डित, आहुना, अनन्या, आरुषी, मिना शाह, लक्ष्मी महासेठ, मधु पण्डित, अनिता साह, रिन्कु महासेठ, बबिता झा, मिना कर्ण, हिना कर्ण, ममता कर्ण, रुवी कर्ण, अनिता कर्ण, तारादेव ीयादव, जान्हवी मिश्रा,सुजनी कर्ण लगायतले मिथिला संस्कृतिमा आधारित गीत–संगीत प्रस्तुत गरेका थिए ।

झिझिया नृत्यले कार्यक्रममा विशेष आकर्षण थपेको थियो । सहभागीहरूले पारम्परिक भेषभूषा र गीत–संगीतमार्फत मिथिला संस्कृतिको सौन्दर्य झल्काएका थिए ।आयोजक समितिले यसपटकको कार्यक्रमलाई वार्षिक परम्परा बनाएर अझ विस्तृत रूपमै गर्ने घोषणा गरेको छ । कार्यक्रममा समाजका पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका सदस्य, व्यवसायी, विद्यार्थी, महिला, युवा तथा स्थानियहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०९-२९ , समय : ११:४६:२८ , २ हप्ता अगाडि