नवलपरासीको सुनवल–५ मा डस्टबिन वितरण

रुपन्देही खबर , ३१७  पटक हेरिएको

सुनवल,असोज १५

सुनवल नगरपालिका वडा नं. ५ मा द लर्ड बुद्ध युवा क्लबले डस्टबिन वितरण गरेको छ। कार्यक्रमको औपचारिक सुरुवात सुनवल -५ का जनप्रतिनिधिहरूद्वारा डस्टबिन वितरण गरेर गरिएको थियो। सुनवल नगरपालिका वडा नं. ५ का विभिन्न स्थानहरूमा चरणबद्ध रूपमा डस्टबिन राख्ने कार्य सम्पन्न गरिएको क्लबले जनाएको छ।

यस कार्यक्रमको उद्देश्य सार्वजनिक स्थलहरूमा सरसफाइलाई प्रवर्द्धन गर्नु, फोहर व्यवस्थापनलाई व्यवस्थित बनाउनु र समुदायमा स्वच्छ वातावरण निर्माण गर्नु रहेको थियो। कार्यक्रममा उपस्थित स्थानीय बासिन्दाहरूले डस्टबिन वितरण अभियानलाई सकारात्मक कदमका रूपमा स्वागत गरेका थिए। उनीहरूले यस्तो पहलले सुनवललाई सफा र स्वस्थ बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरेका छ्न ।

द लर्ड बुद्ध युवा क्लबले युवाको सक्रियता मार्फत समाजमा स्वच्छता, सचेतना र सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। क्लबले आगामी दिनहरूमा पनि समुदायमैत्री कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित मिति: २०२५-१०-०१ , समय : २०:३०:१६ , १ महिना अगाडि