रुपन्देही खबर , ३१७ पटक हेरिएको

रुपन्देही,असोज २३
देशभर प्रदर्शनका क्रममा कारागारहरूमा भएको तोडफोड र आगजनीपछि फरार भएका एक कैदीलाई प्रहरीले रुपन्देहीमा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका गैडहवा गाउँपालिका वडा नं. ६ का ६५ वर्षीय पुणतबासी लोनियालाई पक्राउ गरिएको हो । लोनिया कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका थिए ।
फरार लोनियालाई इलाका प्रहरी कार्यालय सूर्यपुरा, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले गैडहवा गाउँपालिका–६, गुलरियाबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । त्यसपछि उनलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाबारे जानकारी दिंदै प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले फरार कैदीलाई पक्राउ गरी कानूनी प्रक्रिया अनुसार कारागारमा पुनः पठाइएको बताउनु भएको छ ।
प्रकाशित मिति: २०२५-१०-०९ , समय : ०६:२२:५२ , ५ दिन अगाडि