रुपन्देही खबर , ७० पटक हेरिएको

काठमाण्डाै,असोज ३१
कक्षा ११ को आंशिक र ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
परीक्षामा कुल १४ हजार ९१० विद्यार्थी सहभागी भएकामा ९ हजार ४५६ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ । बोर्डको वेबसाइट वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिनेछ ।
प्रकाशित मिति: २०२५-१०-१७ , समय : १८:१७:३५ , १७ घन्टा अगाडि