रुपन्देही खबर , १३२ पटक हेरिएको
भैरहवा,कार्तिक २१
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ ले मा गरिब, दलित, असहाय तथा अति विपन् घरपरिवारलाई लक्षित गरी खाद्यान्न वितरण गरेको छ । वडाअध्यक्ष इनामुल्लाह फकीरको पहलमा बिहीबार तीन सय घर परिवारलाई चामल, दाल, नुन, तेल लगायत आधारभूत उपभोग्य सामग्री बितरण गरिएको हो ।

विपन्न समुदायको दैनिक जीवन सहज बनाउने उद्देश्यसहित गरिएको यो सहयोगप्रति स्थानीयवासीले कृतज्ञता व्यक्त गरेका छन्।
वडाध्यक्ष इनामुल्लाह फकीरले खाद्यान्न बितरण गर्दै बिपन्न परिवारलाई राहत पु-याउन वडा कार्यालय निरन्तर सक्रिय रहेको बताउनु भएको छ । उहाले भन्नू भयो “हाम्रो वडामा कसैलाई खान कोही समस्या नहोस् भन्ने उद्देश्यले यो अभियान अघि बढाएका हौं। राज्यको सेवासँगै मानवताको संवेदनशील पक्षले पनि हामीलाई हरेक घर–परिवारको अवस्था बुझ्न प्रेरित गरेको छ। आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिन वडाले प्राथमिकताका साथ काम गर्नेछ।”
उहाँका अनुसार, सामाजिक न्याय र समान पहुँचका आधारमा राहत वितरण सूची तयार पारिएको थियो। कार्यक्रममा स्थानिय अभिभावक, महिला समूह तथा युवा स्वयंसेवकहरुको उपस्थितिमा व्यवस्थित ढंगले सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
वितरणपछि स्थानीय बस्तीमा राहतको हल्का तर गहिरो सास फैलिएको देखिन्थ्यो। परिवारहरूको अनुहारमा आएको न्यानोपनले समाजिक सहकार्य कहिल्यै सुक्दैन भन्ने संदेश दिएको छ।
प्रकाशित मिति: २०२५-११-०७ , समय : १८:२८:४३ , ३ घन्टा अगाडि