लुम्बिनीमा जिल्ला स्तरीय बौद्ध हाजिरीजवाफ प्रतियोगिता शुरू

रुपन्देही खबर , ६९  पटक हेरिएको

लुम्बिनी,कार्तिक ३०

लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायकाे आयोजनामा जिल्ला स्तरीय बौद्ध हाजिरी जवाफ प्रतियोगिता शुरू भएको छ।
बौद्ध शिक्षाको प्रवर्द्धन गर्ने उद्धेश्यले बौद्ध हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हाे । प्रतियोगितामा रूपन्देहीका २४ वटा विद्यालयका विद्यार्थीकाे सहभागिता रहेकाे छ । प्रतियोगितामा बौद्ध शिक्षामा रहेर प्रश्नहरू साेधिने बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले जानकारी दिनुभयाे ।

विद्यालय तहबाटै बुद्ध शिक्षाको ज्ञान बढाउनका लागि विश्विद्यालयले पहिलोपटक प्रतियोगिता आयाेजना गरेकाे हाे । यसले विद्यालय तहबाट नैतिकवान जनशक्ति विकास हुने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार, दाेस्राेले १५ हजार, तेस्राेले १० हजार र सान्त्वना स्थानले पाँच हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विश्वविद्यालयले मंसिर १४ गते २० ओ वार्षिकोत्सब साताव्यापी कार्यक्रम गरि मनाउँदै छ ।

प्रकाशित मिति: २०२५-११-१६ , समय : १३:१९:११ , २ घन्टा अगाडि