एजेन्सी , ६१ पटक हेरिएको
बेलायत, मंसिर २
बेलायत सरकारले अवैध आप्रवासी फिर्ता नलिने देशहरुको भिसा रोक्ने घोषणा गरेको छ । बेलायतले अङ्गोला, नामिबिया र कंगो लोकतान्त्रिक गणतन्त्रका नागरिकलाई भिसा रोक्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बेलायतका गृहमन्त्री शबाना महमुदले ‘अवैध आप्रवासन रोक्न’ यस्तो कदल ल्याइएको बताउनुभएको छ । कतिपय देशहरूले आप्रवासी फिर्ता प्रक्रियामा सहयोग नगरेको र आवश्यक कागजात समयमै नपठाएको त्यहाँको गृहमन्त्रालयको आरोप छ ।
अहिले बेलायतमा हजारौँ अवैध आप्रवासी तथा अपराध मुद्दामा परेका व्यक्तिहरू रहेका कारण फिर्ता प्रक्रियामा चाँडो सुधार गर्न सरकार दबाब बढाइरहेको बताइएको खबरहरुमा उल्लेख छ । भारतले पनि आफ्ना अवैध आप्रवासी फर्काउन ढिलाइ गरिरहेको आरोप छ, र आउँदो वर्ष यस्तो प्रतिबन्धको सूचीमा पर्न सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: २०२५-११-१८ , समय : ०९:४९:१३ , ४ घन्टा अगाडि