प्रहरीद्वारा भैरहवाबाट अवैध मटर दाना–दाल नियन्त्रण

रुपन्देही खबर , १२१  पटक हेरिएको

भैरहवा मंसिर २५

रुपन्देही प्रहरीले भन्सार छलि गरी भित्र्याइएको ठूलो परिमाणको मटर दाना र मटर दाल नियन्त्रणमा लिएको छ। सिद्धार्थनगर नगरपालिका–६, गल्लामण्डीस्थित गोदाममा अवैध रूपमा राखिएको सामानबारे गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले बुधबार साँझ ५ः२० बजे मटर दाना ७३ बोरा र मटर दाल ६ बोरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

बरामद गरिएको सामानको अनुमानित मूल्य १ लाख ४२ हजार २ सय रुपैयाँ पुग्ने जनाइएको छ। प्रहरीले नियन्त्रणमा लिएको सबै सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया बुझाइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनु भएको छ ।

प्रहरीले भन्सार छली तथा अवैध व्यापारविरुद्ध निगरानी थप कडा बनाइएको जनाएको छ।

प्रकाशित मिति: २०२५-१२-११ , समय : १८:१९:२५ , १८ घन्टा अगाडि