रुपन्देही खबर , ३४३ पटक हेरिएको
भैरहवा, पुस १२
सिद्धार्थ सञ्जाल, रुपन्देहीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भैरहवामा सम्पन्न साधारण सभा तथा अधिवेशनले पुनः अनिल कुमार ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
प्रमुख निर्वाचन अधिकृत जगत बहादुर रायमाझीका अनुसार सञ्जालको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ, उपाध्यक्षमा संजय बजिमय, डा. शान्त कुमार शर्मा, महासचिवमा मधु प्रसाद पन्थी, कोषाध्यक्षमा सतिश कुमार कौशल (दीपक), सचिवमा बिन्दु न्यौपाने र सह–कोषाध्यक्षमा राम प्रसाद पोखरेल निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा केशवराज ज्ञवाली, विष्णु प्रसाद खरेल, पशुपति प्रसाद कान्दु, यादव प्रसाद आचार्य, सागर बेल्बासे, अभिनव मयुर कसौधन, नारायण कुँवर, टेक बहादुर घर्ती मगर, किशोर जोशी, शान्ता कंडेल, श्रीभगवान गुप्ता (श्रीचन्द), संजीव जोशी र पार्वती खनाल निर्वाचित हुनुभएको छ ।
त्यस्तै दुई जना सदस्यलाई मनोनित गरिएको छ । मनोनित हुनेमा सन्दीप कुमार अग्रहरी र दीपक के.सी. रहनुभएको छ ।
साधारण सभा तथा अधिवेशनको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले उद्घाटन गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२५-१२-२७ , समय : १०:२०:३५ , २ महिना अगाडि