सिद्धार्थ बैंक भैरहवाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

२५ पिन्ट रगत संकलन

रुपन्देही खबर , ४७७  पटक हेरिएको

भैरहवा,पुस १३

सिद्धार्थ बैंक लिमिटेड शाखा कार्यालय भैरहवाले शुक्रबार स्वेच्छिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा २५ पिन्ट रगत संकलन गरिएको छ।

कार्यक्रममा बैंकका कर्मचारीहरू, ग्राहक तथा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। रक्त अभावका कारण उपचारमा रहेका बिरामीलाई सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शाखाले जनाएको छ।

बैंकले यस्ता सामाजिक कार्यले समुदायसँगको सम्बन्ध मजबुत बनाउनुका साथै मानव सेवामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिने शाखा कार्यालय भैरहवाले प्रतिबद्धता जनाएको छ।

रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण रक्तदाता तथा सम्बन्धित संस्थाप्रति बैंकले धन्यवाद व्यक्त गरेको छ।

प्रकाशित मिति: २०२५-१२-२८ , समय : १०:४२:४० , ६ महिना अगाडि