सम्मरीमाईमा स्थानीय तहमा तथ्यांकीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही खबर , ८७  पटक हेरिएको

रुपन्देही,पुस २३

तथ्यांक समन्वय कार्यालय, रुपन्देहीको आयोजनामा मंगलबार सम्मरीमाई गाउँपालिकामा स्थानीय तहमा तथ्यांकीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम तथ्यांक समन्वय अधिकारी विपिन कुमार पन्जियारको अध्यक्षता तथा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तव प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रीवास्तवले नीति निर्माण, योजना तर्जुमा तथा सेवा प्रवाह प्रभावकारी बनाउन तथ्यांकको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ । उहाँले स्थानीय तहमा तथ्यांकीय साक्षरता अभिवृद्धि गर्न यस्ता कार्यक्रम उपयोगी हुने धारणा व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी तथ्यांक समन्वय अधिकारी पन्जियारले तथ्यांकको सही संकलन, विश्लेषण र प्रयोगबाट स्थानीय विकासलाई दिगो र पारदर्शी बनाउन सकिने बताउनुभएको छ ।
कार्यक्रममा तथ्यांकको महत्व, प्रयोग विधि तथा स्थानीय तहमा तथ्यांकीय सूचनाको उपयोगबारे सहभागीहरूलाई प्रशिक्षण तथा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाका जननिर्वाचित प्रतिनिधि, कार्यपालिका सदस्यहरू, विभिन्न विद्यालय तथा क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२६-०१-०७ , समय : ११:३७:१० , २२ घन्टा अगाडि