वडा स्तरीय क्रिकेट प्रतियोगिता सुक्राैलीमा सम्पन्न

सुरेश यादव , २०७  पटक हेरिएको

परासी,माघ ३

पश्चिम नवलपरासीको रामग्राम-१५ सुक्राैलीमा वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएकाे छ । वडा स्तरीय समिति रामग्राम-१५ का अध्यक्ष बसन्त खवासकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्दै वडा अध्यक्ष धनपत यादवले आफू दाेस्राे पटक वडा अध्यक्षमा निर्वाचित पश्चात् खेलाडीहरुलाई उत्प्रेरित गर्न हरेक वर्ष क्रिकेटकाे आयाेजना गर्दै आएकाे बताउनुभयाे । साथै उहाँले दिनमा आफ्नै वडाकाे अगुवाइमा जिल्ला स्तरकाे क्रिकेट गराउने जाेड दिनुभयाे ।

वडा स्तरीय खेलकुद समितिकाे आयाजनामा यहि पुस १९ रामग्राम-१५ वडा कार्यालयकाे आयाेजनामा पुस २६ गतेदेखि सुरु भएकाे प्रतियोगिताकाे आज फाइनल खेलमा रामग्राम-१५ क्रिकेट क्लबले १०१ रनले विजय भएकाे छ ।

रामग्राम-१० वडा क्रिकेट क्लबलाई वडा नं १५ ले १७० रनकाे टार्गेट दिएकाे थियाे । वडा नं १० ले सबै विकेट गुमाउदै ६९ रन मात्र बनाउदै उप बिजेता भएकाे हाे ।

साथै प्रथम हुने रामग्राम-१५ लाई नगद ४० हजार सहित मेडल कप र प्रमाणपत्र,द्वितीय हुने रामग्राम-१० लाई नगद २५ हजार सहित मेडल कप र प्रमाणपत्र र तृतीय हुने रामग्राम-१६ लाई नगद १० हजार सहित मेडल कप र प्रमाणपत्र प्रदान गरिएकाे आयाेजकले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०१-१७ , समय : १७:०२:४९ , ३ घन्टा अगाडि