रुपन्देही खबर , ९७ पटक हेरिएको
काठमाडौँ,माघ २७
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूलाई फागुन ३ गतेभित्र आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको छ। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रचारप्रसार सुरु गर्नुअघि नै घोषणापत्र सार्वजनिक गर्नुपर्ने आयोगको भनाइ छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार दलहरूले आफ्नो घोषणापत्र निर्वाचन आयोगमा र स्वतन्त्र तथा दलका उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम चुनावी आचारसंहिता पूर्ण रूपमा पालना गर्न दल र उम्मेदवारहरूलाई सचेत गराएको छ। आयोगले समयमै घोषणापत्र पेस नगरे आचारसंहिता उल्लङ्घन हुने भन्दै सबै सरोकारवालालाई निर्देशनको पालना गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: २०२६-०२-१० , समय : १८:२०:५६ , ११ घन्टा अगाडि