भरुवा बन्दुक सहित कपिलवस्तुमा एक जना पक्राउ

रुपन्देही खबर , २६७  पटक हेरिएको

कपिलवस्तु , भदौ १३

कपिलवस्तुमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर १० विकुली पिपरा बस्ने २५ बर्षिय हरी थारुलाई भरुवा बन्दुक सहित घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

थारुलाई आज विहान ९ बजे पक्राउ गारिएको हो ।
विशेष सुराकीको आधारमा थारुको घरमा लुकाई छिपाई राखेको एक नाले भरुवा बन्दुक प्रहरीले फेला पारेको थियो ।

 

भरुवा बन्दुकको विषयमा अनुसन्धान गर्न थारु लाई नियन्त्रणमा लिएको र थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०८-२९ , समय : २०:२३:०७ , २ वर्ष अगाडि