प्रहरी सहायक हवल्दार रमेश यादव पुलिस अफ द मन्थ घोषित

रुपन्देही खबर , ८०  पटक हेरिएको

परासी, फागुन ३

जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको माघ महिनाको कार्यसम्पादन मूल्याङ्कनमा कर्तव्यनिष्ठा, अनुशासन र जनमैत्री सेवाबाट उदाहरणीय कार्य सम्पादन गर्न सफल प्र.स.ह. रमेश यादव ‘Police of the Month’ घोषित हुनुभएको छ।

आपराधिक नियन्त्रण, शान्ति–सुरक्षा कायम गर्न देखाएको सक्रियता, जिम्मेवारीप्रति इमान्दार समर्पण तथा सेवाग्राहीप्रति सकारात्मक व्यवहारका कारण उहाँ उत्कृष्ट प्रहरीको रूपमा छनोट हुनुभएको हो। यस सम्मानले प्रहरी संगठनभित्र मेहनत, निष्ठा र समर्पणको कदर हुने स्पष्ट सन्देश दिएको छ।

उल्लेखनीय उपलब्धि हासिल गर्न सफल प्र.स.ह. रमेश यादवलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी, विश्वासयोग्य र प्रेरणादायी प्रहरी सेवाको निरन्तर कामना गरिएको छ।

प्रकाशित मिति: २०२६-०२-१५ , समय : १०:३५:४९ , २ घन्टा अगाडि