पश्चिम नवलपरासीमा प्रलोपाका उमेदवारको समर्थन नेपाली कांग्रेस लाइ

रामु भुसाल , ८०  पटक हेरिएको

बर्दघाट फाल्गुन ५

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), को तर्फबाट पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिनोद रेग्मीले नेपाली काङ्ग्रेसका उमेदवार बिनोद चौधरीलाइ समर्थन गर्नुभएको छ।

सोमबार एक ‘प्रेस विज्ञप्ती जारि गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको क्रममा मतदाताको मनोभावनालाई समेत मध्यनजर गर्दै र अहिलेको विषम राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दा मुलुकको राजनीतिक स्थायीत्व र निकासका लागि नेपाली काङ्ग्रेस नै मुलुकको प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित हुने पार्टीका रुपमा अनुसरण गर्दै देश, जनता र राष्ट्रप्रति वफादार बन्दै ,आफ्नो हजुरबुवाको समेत आस्था रहेको पार्टी नेपाली काङ्ग्रेसका उमेदवार बिनोद चौधरी लाइ आफ्नो पुर्ण समर्थन रहेको उल्लेख छ।

वहाले आफ्ना नेता कार्यकर्ता र समर्थकलाई रुख चिन्हमा मतदान गर्न आह्वान गर्दै लोकतन्त्रको सुदृढीकरण र परिवर्तनको निरन्तरताका लागि कांग्रेसलाई जिताउन आग्रह समेत गर्नु भयेको छ। यस क्षेत्रमा कांग्रेसको पक्षमा स्पष्ट जनसमर्थन देखिएको छ, त्यसलाई सम्मान गर्दै मैले कांग्रेसलाई समर्थन गर्ने निर्णय लिएको रेग्मीले बताउनु भयो ।

२०७९ मा यसै क्षेत्रबाट निर्वाचित भएका कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगी विनोद चौधरी विकास र आर्थिक रूपान्तरणको एजेन्डासहित पुनः प्रतिस्पर्धामा छन् । रेग्मीको समर्थनसँगै क्षेत्र नं. १ मा कांग्रेसको चुनावी समीकरण थप बलियो भएको स्रोतको दावि छ।

प्रकाशित मिति: २०२६-०२-१७ , समय : ०८:४४:३६ , २ घन्टा अगाडि