राष्ट्रिय बास्केटबल लिग आउँदो चैत १० गतेदेखि हुने

रुपन्देही खबर , ७५  पटक हेरिएको

काठमाण्डाै,फागुन ९

राष्ट्रिय बास्केटबल लिग (एचजेबीएल) आउँदो चैत १० देखि वैशाख ११ गतेसम्म आयोजना हुने भएको छ । नेपाल बास्केटबल सङ्घले आज पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिता काठमाण्डौको त्रिपुरेश्वरमा रहेको कभर्ड हलमा सञ्चालन हुने जानकारी दिएको हाे ।

३२ दिनसम्म चल्ने लिगमा आर्मी, काठमाण्डौ भ्याली कलेज हाउन्ड्स, टाइम्स इन्टरनेशनल कलेज, गोल्डेनगेट इन्टरनेशनल कलेज, प्लेबक्स, सोलो बास्केटबल, कीर्तिपुर र रोयल गरी आठ वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगिता डबल राउन्ड रोबिनका आधारमा हुनेछ भने शीर्ष टोलीहरू प्लेअफमा पुग्नेछन् । खेलहरू दैनिक दिउँसो ४ बजे र बेलुकी ७ बजे हुनेछन् ।

आयोजककाअनुसार लिगले नेपाली बास्केटबललाई व्यावसायिक संरचना दिनुका साथै खेलाडीहरूलाई थप अवसर र प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने लक्ष्य लिएको छ । प्रतियोगिताको गएको संस्करणको उपाधि टाइम्स बास्केटबल क्लबले जितेको थियो ।

प्रकाशित मिति: २०२६-०२-२१ , समय : ०६:१३:०३ , २३ घन्टा अगाडि