रुपन्देही खबर , १०५ पटक हेरिएको
भैरहवा, फागुन ९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन आज शनिबार रुपन्देही आउनुहुने भएको छ । निर्वाचन केन्द्रित ‘संकल्प यात्रा’ अन्तर्गत अध्यक्ष लिङ्देन रुपन्देहीका विभिन्न स्थानमा पुगेर कोणसभा तथा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको हो ।
पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयका अनुसार अध्यक्ष लिङ्देन शनिबार दिउँसो १ बजे देवदह नगरपालिकामा पुग्नुहुनेछ। त्यसपछि १ः४० बजे खैरेनीमा कोणसभा, २ बजे शित्तलनगर, २ः३० बजे सिक्टहन–शंकरपुर र ३ बजे रोहिणीको धकधईमा कोणसभा आयोजना गरिएको छ ।
त्यसैगरी ३ः३० बजे पटखौली, ३ः४५ बजे सग्रहवा, ३ः५५ बजे कान्छी बजार र ४ः१० बजे मंगलापुर हुँदै ४ः३५ बजे बुटवल पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।
यस्तै, ४ः५५ बजे सैनामैनाको मुर्गिया र ५ः३० बजे रामापुर कलोनीमा कोणसभा आयोजना गरिने राप्रपाले जनाएको छ।
राप्रपाले संकल्प यात्रामार्फत कार्यकर्ता परिचालन, मतदाता भेटघाट तथा पार्टीका एजेन्डा सार्वजनिक गर्ने जनाएको छ ।
प्रकाशित मिति: २०२६-०२-२१ , समय : ०७:३४:०० , १३ घन्टा अगाडि