देवदहमा प्रज्जवल बोहराको चुनावी घरदैलो कार्यक्रम उत्साहजनक सम्पन्न

रुपन्देही खबर , ६९  पटक हेरिएको

रुपन्देही ,फागुन ९

देवदह नगरपालिका वडा नं. ६, ८ र ९ मा प्रतिनिधि सभा उम्मेदवार प्रज्जवल बोहराको चुनावी घरदैलो कार्यक्रम उत्साहजनक र सशक्त रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा उपस्थित आम मतदाता, आमा–समूह, युवा, ज्येष्ठ नागरिक तथा विभिन्न वर्ग–समुदायले अभूतपूर्व समर्थन र आशीर्वाद जनाएका थिए। आयोजकहरूले जनसमूहको यो ठूलो सहभागिताले आगामी फागुन २१ गते हुने निर्वाचनमा बोहराको विजय सुनिश्चित हुने स्पष्ट संकेत दिएको बताएका छन्।

“स्थानीयको उत्साह र समर्थनले हाम्रो अभियान अझ बलियो बनेको छ। सबै मतदाता सक्रिय भएर मतदानमा सहभागी हुनुपर्छ,” प्रज्जवल बोहराले भन्नू भयो ।

कार्यक्रमका क्रममा उपस्थित स्थानीयले मतदानमा उच्च सक्रियता देखाउँदै उम्मेदवार बोहरालाई भारी मतले विजयी बनाउने प्रतिवद्धता जाहेर गरेका थिए।

निर्वाचनमा रुपन्देही–१ को विकास, सुशासन र समृद्धि सुनिश्चित गर्न मतदातालाई फागुन २१ गते आफ्नो मत अवश्य हाल्न आयोजकहरूले आह्वान गरेका छन्।

प्रकाशित मिति: २०२६-०२-२१ , समय : २०:४६:२९ , २ घन्टा अगाडि