मर्चवारमा जसपा नेपालको बृहत् आम जनसभा हुँदै

रुपन्देही खबर , ९१  पटक हेरिएको

रुपन्देही, फागुन १०

जनता समाजवादी पार्टी नेपालले रुपन्देही–४ मर्चवारको परसाहवा बजारमा बृहत् आम जन सभा आयोजनागर्ने जनाएको छ। कार्यक्रममा पार्टीका विभिन्न नेताहरुले जनता माझ आफ्नो दृष्टि, योजनाहरू र निर्वाचन सम्बन्धी आ आफ्नो भनाइ राख्नु हुनेछ ।

यस सभा कार्यक्रमको प्रमुख वक्ताको रुपमा पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपाल केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, साथै लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्री तथा जसपा नेपाल प्रदेश अध्यक्ष सन्तोष कुमार पाण्डेयले कार्यक्रम को सम्बोधन गर्ने जसपा रुपन्देहीले जानकारी दिनु भएको छ । कार्यक्रममा अन्य स्थानीय तथा प्रदेश नेताहरू पनि आफ्नो मन्तव्य राख्नेछन्।

सर्वेन्द्र नाथ शुक्ला, प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार, रुपन्देही–४ मर्चवारले आम जनतालाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्नु भएको छ । कार्यक्रम फाल्गुन ११ गते सोमबार, परसाहवा बजारमा आयोजना हुनेछ।

प्रकाशित मिति: २०२६-०२-२२ , समय : १०:१०:५२ , २ घन्टा अगाडि