रुपन्देही खबर , २४० पटक हेरिएको
भैरहवा, फागुन ११
नेपाली कम्युनिस्ट पार्टीबाट रुपन्देही–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार फैज अहमद खाँनले स्थानिय बिकास निमार्णमा भएको अनियमितता रोक्ने प्रतिबद्धता गर्नु भएको छ । आइतबार सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ३ मा घरदैलो क्रममा उहाले जनताको गुनासो सुन्दै रुपन्देही–३ को मुहार फेर्ने गरी काम गर्ने दृढ संकल्पका साथ आँफु चुनावी मैदानमा आएको उहाले बताउनु भयो ।

उहाले भैरहवाबाट करिब २१ किलोमिटर टाढा रहेको बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनी आसपासका क्षेत्रहरुलाई थप सुन्दरीकरण गरी पर्यटकलाई लामो समयसम्म बस्न प्रेरित गर्ने वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

चुनावी भेटघाटका क्रममा बोल्दै खानले सुनौली–बेलहिया नाकाबाट नेपाल प्रवेश गर्नासाथ सिमावर्ती क्षेत्र, भैरहवा, लुम्बिनी जाने सडक किनारा र आसपासका सडक, सरसफाइ, हरियाली र आधारभूत पूर्वाधार सुधार गरी पर्यटकमैत्री वातावरण निर्माण गरिनेछ । स्थानीय व्यवसाय, होटल तथा हस्तकला क्षेत्रलाई पर्यटनसँग जोडेर उद्यमशिलता सहितको रोजगारी सिर्जना गर्ने उहाको योजना छ ।
‘विगतमा धेरैलाई जिताएर उनिहरुलाई अवसरपनि दिनु भयो, अब यस चुनाबमा मलाइ दिनुस’ मतदाता समक्ष उहाले भन्नु भयो , ‘मैले गरेर देखाउने छु ।’ रुपन्देही–३ को मुहार फेर्ने गरी काम गर्ने दृढ संकल्पका साथ आँफु चुनावी मैदानमा आएको उहाले बताउनु भयो । पर्यटन प्रवद्र्धनमार्फत आर्थिक गतिविधि बढाई समग्र क्षेत्रको विकास गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उहाले स्पष्ट पार्नु भयो ।
प्रकाशित मिति: २०२६-०२-२३ , समय : ०८:५२:५१ , २ हप्ता अगाडि