जनताको सेवामा सक्रिय कन्हैया बनियाँ,घरदैलोमा देखियो बढ्दो जनसमर्थन

रुपन्देही खबर , १२१  पटक हेरिएको

भैरहवा, फागुन ११

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनियाँ रुपन्देही क्षेत्र नं. ४ मा घरदैलो अभियानलाई तीव्रता दिँदै जनताको सेवामा सक्रिय देखिएका छन्।

सम्मरीमाई गाउँपालिकालगायत विभिन्न बस्तीमा पुगेर उहाँले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ। घरदैलोका क्रममा नागरिकका समस्या सुन्ने, सुझाव लिने र समाधानका प्रतिबद्धता व्यक्त गर्ने शैलीले उहाँ जनताको रोजाइमा पर्न थालेको स्थानीयहरूको भनाइ छ।

स्थानीयवासीले सडक सञ्जालको स्तरोन्नति, निःशुल्क शिक्षा–स्वास्थ्य, रोजगारी सिर्जना र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्। बनियाँले यी मुद्दालाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै “जनताको सेवामा समर्पित नेतृत्व” दिने प्रतिबद्धता दोहोर्‍याइरहनुभएको छ।

“राजनीति सेवा हो, सत्ताको माध्यम होइन,” उहाँले घरदैलोका क्रममा भन्नुभएको छ। कृषिमा आधुनिकीकरण, युवालाई स्वदेशमै अवसर र सुशासन स्थापना गर्ने लक्ष्यसहित उहाँको अभियान अघि बढिरहेको छ।

रुपन्देही–४ मा चुनावी माहोल तातिँदै जाँदा जनताको बीचमा सक्रिय उपस्थितिले बनियाँलाई बलियो उम्मेदवारका रूपमा उभ्याएको देखिन्छ। अब जनताले गर्ने निर्णयले नै आगामी दिशा तय गर्नेछ।

प्रकाशित मिति: २०२६-०२-२३ , समय : १२:००:२६ , १६ घन्टा अगाडि