रुपन्देही–१ मा प्रज्जवल बोहराको पक्षमा उत्साह

फागुन २१ गते ‘हलो’मा मतदान गर्न मतदाता आतुर

रुपन्देही खबर , ६१  पटक हेरिएको

रुपन्देही,फागुन ११

रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता प्रज्जवल बोहराको पक्षमा चुनावी माहोल तातेको छ। घरदैलो अभियान, टोलभेला तथा कोणसभामार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै आएका बोहरालाई विजयी गराउन समर्थकहरू कम्मर कसेर लागेका छन्।

स्थानीय युवा, महिला तथा ज्येष्ठ नागरिकले परिवर्तन, सुशासन र विकासको एजेन्डालाई प्राथमिकता दिँदै बोहराप्रति आशावादी देखिएका छन्। मतदाताले आगामी फागुन २१ गते हुने निर्वाचनमा चुनाव चिन्ह ‘हलो’मा मतदान गरी बोहरालाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

घरदैलोका क्रममा बोहराले क्षेत्रको पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा सुधारलाई मुख्य प्राथमिकतामा राख्ने बताउँदै आएका छन्। उनले जनताको विश्वासलाई सम्मान गर्दै पारदर्शी र उत्तरदायी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।

रुपन्देही–१ मा दिनप्रतिदिन चुनावी गतिविधि बढ्दै जाँदा बोहराको पक्षमा जनलहर देखिएको स्थानीय कार्यकर्ताहरूको दाबी छ। फागुन २१ नजिकिँदै जाँदा निर्वाचन क्षेत्रभरि चुनावी माहोल झन् तातिएको छ।

प्रकाशित मिति: २०२६-०२-२३ , समय : २२:४७:३१ , ६ घन्टा अगाडि